ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

प्रदेशस्तरीय मेन्स डबल ब्याडमिन्टनको उपाधि रविन र युवराजको जोडीलाई

२५ चैत्र २०८०, आइतबार
२५ चैत्र २०८०, आइतबार

तिलोत्तमा,२५ चैत ।   तिलोत्तमा १ डाइभर टोलको नवीन ज्योति क्लबले आयोजना गरेको प्रदेशस्तरीय मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि रविन केसी र युवराज पुनको जोडीले जितेको छ । उनीहरु स्म्यास ब्याडमिन्टन क्लब बुटवलका खेलाडी हुन् । लुम्बिनी प्रदेशका ३२ टिमले भाग लिएको प्रतियोगितामा जबई ब्याडमिन्टन क्लबका रक्षा गुरुङ र प्रसाद गुरुङको जोडी दोस्रो भएको छ । यस्तै लाफा समूहका कृष नेपाल र पवन गिरीको जोडी तथा स्म्यास ब्याडमिन्टन क्लबका कमल गौतम र तुल्सी पाडे मगरको जोडी तृतीय भएका छन् ।
प्रतियोगितामा सेमलारका मनसुन थापा उदियमान खेलाडी भएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांणले नवीन ज्योति क्लबले ब्याडमिन्टन खेलको विकास र रखेलाडी उत्पादनसंगै सामाजिक काममा राम्रो काम गरेको भन्दै सराहना गरे । उनले तिलोत्तमालाई खेलकुदको हब बनाउन सकिने बताए । यस्तै होराइजन जीबीएसका प्राचार्य गोपाल आचार्यले युवा पुस्तालाई खेलकुदमा जोड्न सके उनीहरु गलत बाटोमा जानबाट रोकिने र हरेक व्यक्ति शारीरिक र मानसिकरुपमा स्वस्थ हुन खेलकुदको धेरै ठूलो भूमिका हुने बताए ।
विजयी खेलाडीहरुलाई क्लबका अध्यक्ष कृष्ण पाण्डे,कार्यक्रम संयोजक विक्रम गुरुङ,ुचिव गंगा गैरे,सहसचिव दीपक भट्टराई, क्लबकै सुमन राना लगायतले पुरस्कार तथा प्रमाणपत्र,मेडल र ट्रफीहरु प्रदान गरेका थिए ।
लुम्बिनी प्रदेशभित्र रहेका खेलाडीहरुमा भएको कला, क्षमता प्रदर्शनको अवसर प्रदान गर्ने र प्रदेशमै खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले दोस्रो नबिन ज्योति कप पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता गरिएको र आगामी दिनमा थप राम्रो गर्ने अध्यक्ष कृष्ण पाण्डेले बताए ।

प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैया नगद पुरस्कारका साथै ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् भने उदियमान खेलाडीलाई नगद पुरस्कार पाएका छन् । प्रतियोगिता सम्पन्न गर्न तिलोत्तमा नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?