Butwal Today

नेपाल ए र आयरल्यान्ड उल्भ्सबीच तेस्रो एक दिवसीय खेल हुंदै

२५ चैत्र २०८०, आइतबार
अ+
अ-

काठमाडौं,२५ चैत । नेपाल ए ले आयरल्यान्ड उल्भ्ससँग आज तेस्रो एक दिवसीय खेल खेल्दैछ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सिरिज भने गुमाइसकेको छ।

नेपालले पहिलो र दोस्रो दुवै लो स्कोरिङ म्याच गुमाएको थियो। पहिलो खेलमा कमलसिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिएपछि पाहुना टोली ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भएको थियो। स्पिनरद्वय शाहब आलम र मौसम ढकालले दुई दुई विकेट लिएका थिए।

यस्तै दोस्रो खेलमा पनि नेपालले १७४ रनको लक्ष्य भेट्टाउन सकेको थिएन। नेपालले ६० रनमा सबै विकेट गुमाएर लज्जास्पद हार बेहोरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?