ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

डेंगु बढ्दै, साबधानीतर्फ ध्यान जाओस्

२५ चैत्र २०८०, आइतबार
२५ चैत्र २०८०, आइतबार

गर्मीयाम सुरु भएसँगै तराईका जिल्लाहरूमा डेंगु सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत लागेसँगै देशका विभिन्न जिल्लामा डेंगुका बिरामी फेला पर्न थालेका हुन् । त्यसो त नेपालमा हरेक बर्ष यसरी नै डेंगुको प्रकोप बढ्दै गएको छ । अहिले कोरोनाका कारण डेंगुको प्रभाव कम देखिएतापनि डेंगुले आफ्नो प्रभाव फैलाउने समय आईसकेको छ । नेपालका तराईका जिल्लाहरूमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने यसले भयावह अवस्था सिर्जना गराउन सक्छ । तराईका चितवन, रूपन्देही, नवलपरासी र कपिलवस्तु जिल्ला डेंगु रोगको संभावित जोखिमयुक्त जिल्ला हुन । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । होइन भने यसको संजालभित्र अव गरिवमात्र होइन सम्भ्रान्त धनी वर्गका मानिसपनि पर्नुपर्ने निश्चित छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत २२ गते बिहीबारसम्म १३ जिल्लामा एघार हजार ३ सय ३३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ४९९ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको थियो । डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एडिस लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले डेंगु सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न, सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरू कम्तीमा हप्तामा एक पटक सरसफाई गर्न, घरको वरपर पानी जम्न नदिने, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेँगुका कुनैपनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

गएका वर्षहरूमा डेंगुको संक्रमण फैलिन नदिनकालागि लामखुट्टे खोज र नष्ट गर अभियान नगरपालिकाहरूले सञ्चालन गर्दै आएका थिए । तर अव यत्तिले मात्र नपुग्ने अवस्था आएको छ । यसमा सिंगो सरकार र नागरिक समाजको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको हो । स्वयं व्यक्तिको भूमिका अझै धेरै हुन्छ । त्यसमा पनि आफू बस्ने वातावरण वरपरको सरसफाईमा ध्यान दिने आफैले हो । डेंगुको संक्रमणबाट बच्नका लागि होसियार बन्न जनस्वास्थ्य कार्यालयले आग्रह गर्दै आएको छ । तर उसले गरेको आग्रहलाई पनि वेवास्ता गर्ने काम भएको छ । डेंगु भनेको लामखुट्टेले टोकेर हुने भयावह रोग हो । यसको संक्रमण त्यहाँ हुन्छ जहाँ घर वरपरका गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डव्वा, अलकत्राका ड्रमहरूमा फोहोरो पानी जम्मा भएको हुन्छ । यिनै स्थानमा लामखुट्टेले फूलपार्ने सम्भावना बढी हुन्छ । जसवाट लामखुट्टेको लार्भा उत्पन्न भएर त्यहीवाट डेंगुको संक्रमण बढ्न सक्छ । यो भनिरहँदा रोग लाग्नु भन्दा लाग्न नदिनु नै उत्तम उपाय हो । डेंगुले मानिसको ज्यान समेत लिन सक्ने भएकाले यो विषयमा सवै नागरिकको ध्यान जानुपर्दछ । गएका बर्षहरूमा जस्तै यो बर्षपनि डेंगुविरुद्ध खोज र नष्ट गर अभियान सञ्चालनमा ढिलाई गरिनुहुँदैन । किनभने डेंगुको संक्रमण विस्तार हुन थालेकोले डेंगुबाट बच्नु नै सर्बोत्तम उपाय हो । यस बिषयमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण जरुरी छ । संघ सरकारले नै डेंगु नियन्त्रणमा चासो दिएर मातहतका प्रदेश र पालिकाहरूलाई अभियान सञ्चालन गर्नमा तत्परता देखाउन निर्देश गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?