Butwal Today

भोलिदेखि तापलहर

२४ चैत्र २०८०, शनिबार
अ+
अ-

बुटवल,२४ चैत ।

आईएमडीका अनुसार आगामी दुई दिनका लागि दक्षिणी र पूर्वी भारतका केही भागहरूमा ताप लहरको चेतावनी जारी गरेको छ ।

प्रभावित हुने सम्भावित क्षेत्रहरूमा ओडिशा, गंगा पश्चिम बंगाल, झारखण्ड, विदर्भ, उत्तरी आन्तरिक कर्नाटक, तटीय आन्ध्र प्रदेश र यानाम, रायलसीमा र तेलंगाना समावेश छन्।

सिमा क्षेत्रको हिसाबले नेपाल पनि नजिक पर्ने हुदाँ असर गर्न सक्ने आईएमडीले जनाएको छ ।

हावाको तापक्रम स्तरमा पुग्दा मानव स्वास्थ्यलाई जोखिममा पार्ने क्रममा गर्मीको लहर आउने हुदाँ सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।