ट्रेंडिंग:

>> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा

कांग्रेस निकट व्यवसायीलाई विभाजित गराई पाचौंपटक नेतृत्वमा दधिराम

प्रालिको प्रबन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन  पिएस
२४ चैत्र २०८०, शनिबार
२४ चैत्र २०८०, शनिबार

२४ चैत,बुटवल । पश्चिम नेपाल बस ब्यबसायी प्रालिको दोश्रो अधिबेशनबाट निर्वाचित संचालक समितिको वैठकले दधिराम खरेललाई अध्यक्ष निर्वाचित गरेको छ । खरेल यसअघि समिति हुँदा ३ पटक र प्रालिमा गएपछि दोस्रोपटक अध्यक्ष चुनिएका हुन् ।

दुई प्यानलबीच भएको चुनावमा खरेलको प्यानलले पदम गाहा नेतृत्वको प्यानलका सबै उम्मेदवारलाई पराजित गरेको थियो । एमाले र माओवादी निकट व्यवसायीसंगै खरेलले कांग्रेस निकट व्यवसायीलाई विभाजित गराई एक समूहलाई सामेल गराएर परिणाम आफ्नो पोल्टामा पारेका थिए ।

सञ्चालक समितिको वैठकले प्रालिको प्रबन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन  पिएसलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै समितिको दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापन प्रमुखमा नारायण प्रसाद घिमिरे, ब्यबसायी संरक्षण कोष प्रमुखमा गोपाल बहादुर पौडेल, कल्याणकारी बिभाग प्रमुखमा जिवनकुमार बन्जाडे, क्यु बिभाग प्रमुखमा चेतनारायण बेलबासेलाई चयन गरिएको प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बताए ।

हालै सम्पन्न अधिवेशनबाट सञ्चालकहरुमा रामचन्द्र भुसाल, रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण प्रसाद भण्डारी,नारायण प्रसाद घिमिरे, गोपाल बहादुर पौडेल,चेत नारायण बेल्वासे, सुरेन्द्र श्रेष्ठ ,मोहन पिएस र जीवन कुमार बन्जाडे निर्वाचित भएका थिए ।

सञ्चालक समितिको वैठकले प्रबन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन  पिएसलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै समितिको दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापन प्रमुखमा नारायण प्रसाद घिमिरे, ब्यबसायी संरक्षण कोष प्रमुखमा गोपाल बहादुर पौडेल, कल्याणकारी बिभाग प्रमुखमा जिवनकुमार बन्जाडे, क्यु बिभाग प्रमुखमा चेतनारायण बेलबासेलाई चयन गरिएको प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बताए । यसैबीच नयां सञ्चालक समितिको सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा  बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले यातायात क्षेत्रका समस्या समाधान गर्न आवश्यक रहेको बताए । कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात ब्यबसायीहरुको हकहित संरक्षणका साथै सामाजिक बिकासमा तिनै तहका सरकारसँग सहकार्य गरेर जाने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा प्रालिका सल्लाहकार नरिश्वर शर्मा पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा,बुटवल यातायात प्रालिका प्रबन्ध संचालक दिपक श्रेष्ठ, निर्वाचन समितिका संयोजक रामराज पोखरेल, सदस्य दिनेश पाण्डे, अर्का सदस्य तुलसीराम बन्जाडे, बुटवल अटो एसोसिएसनका अध्यष तुल्सीराम न्यौपाने लगाएतले यातायात ब्यबसाय क्षेत्रका समस्या र समाधानका उपायहरुबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?