Butwal Today

देशभरको मौसम बदली, ३ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२३ चैत्र २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले यतिबेला (शुक्रबार बिहान) देशभर आंशिक बदलीदेखि साधारणतया मौसम बदलीको अवस्था छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानसँगै देशका पहाडी भूभागका एकदुई स्थानमा  मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।