Butwal Today

ओडीआई सिरिज: नेपालले टस हार्‍यो, पहिले फिल्डिङ गर्ने

२१ चैत्र २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेपाली ‘ए’ क्रिकेट टोलीले आयरल्याण्ड ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ ले टस जितेर ब्याटिङ रोजेपछि नेपाली ‘ए’ टोलीले  फिल्डिङ गर्ने भएको हो।

घरेलु मैदानमा नै टी–२० सिरिज गुमाएको नेपाली टोली ओडीआईमा सुखद सुरुवात गर्न चाहन्छ। उता आयरल्याण्ड भने पहिलो खेलको लयलाई नै कायम राख्ने योजनामा हुनेछ।

नेपाल ‘ए’ टोलीले यसअघि आयरल्याण्डसँग नै तीन खेलको टी–२० सिरिज खेलेको थियो। घरेलु मैदानमा भएको सिरिज नेपाल ‘ए’ टोलीले २–१ ले गुमाएको थियो।

यी हुन् नेपालका सुरुवाती ११ खेलाडी
विनोद भण्डारी, अर्जुन कुमाल, देव खानाल, भिम सार्की, आरिफ शेख, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल ऐरि, मौसम ढकाल,

बेन्चः नरेन भटट्, रन्जित कुमार, रुपेश सिंह र विकास अग्री।