Butwal Today

सरकारी वेबसाइट डाउन हुने क्रम बढ्दो, सरकारमाथि संसद्‍मा उठ्यो प्रश्न

२० चैत्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ ।
सरकारी वेबसाइट तथा सर्भर डाउन तथा ह्याक हुने क्रम बढेकोप्रति सदनमा प्रश्न उठेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सरकारी वेबसाइट तथा सर्भर डाउन र ह्याक हुँदा महत्त्वपूर्ण डेटा खतरामा परेको बताए।

सांसद पौडेलले खतरामा रहेका यस्ता सरकारी डेटाको सुरक्षाप्रति सरकार प्रतिबद्धसमेत नदेखिएको भन्दै प्रश्न उठाए। ‘सरकारी वेबसाइट र सर्भर डाउन र ह्याक हुने कुनै नौलो विषय नभएको भन्दैआजको मुख्य सम्पति भनेको डेटा भएको बताए। राज्यले आफ्नो सुरक्षा त गर्न सक्दैन भने नागरिकको डेटाको सुरक्षा कसरी गर्न सक्छ भन्दैँ प्रश्न उठाए ।

बिहीबार र शुक्रबार प्रतिनिसभाकै वेबसाइट डाउन थियो। बिहीबार त्रिभुवन विमानस्थल अध्यागमन विभागको सर्भरसमेत डाउन हुँदा घण्टौं यात्रु लाइनमा बस्नुपरेको थियो। करिब चार घण्टा यात्रु लाइनमा बस्नुपर्दा रातिका उडान प्रभावित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?