Butwal Today

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

१९ चैत्र २०८०, सोमबार
अ+
अ-

नेपालगञ्ज, १९ चैत ।

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अस्पतालमा रहेको सिटी स्क्यान कक्षमा आगलागी भएको हो ।

नेपालगञ्जबाट गएको दमकलबाट आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) नारायण डाँगीले जानकारी दिए । आगलागीबाट अस्पतालको सिटी स्क्यान मेसिनमा क्षति पुगेको बताइएको छ ।