Butwal Today

रेशम र रन्जिता पक्षबीच वैठकमै कुटाकुट

१९ चैत्र २०८०, सोमबार
अ+
अ-

काठमाडौं,१९ चैत । नागरिक उन्मुक्ति पार्टीको वैठकमा रेशम चौधरी र रन्जिता चौधरी पक्षबीच कुटाकुट भएको छ ।
काठमाडौंको अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो ।

वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने कि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनको पक्षमा उभिने भन्ने विषयमा पार्टीभित्र चर्को विवाद छ । रन्जिता पक्ष वर्तमान गठबन्धन पक्षमा र रेशम पक्ष कांग्रेसको पक्षमा भएपछि उत्पन्न विवादले कुटाकुटको अवस्था सिर्जना भएको हो ।

नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा कुटाकुट भएको र विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको छ । उनीहरू दुवैजना रन्जिता पक्षका हुन् ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ ।

रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रन्जिता पक्ष भने त्यसको विपक्षमा छ ।

त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् । यो विवाद बढ्ने क्रममा रेशम दम्पतीबिच दूरी समेत बढेको छ । पती पत्नीबीचको विवादले उक्त पार्टी फुटको संघारमा पुगेको छ ।