Butwal Today

पेट्रोलको भाउ बढ्यो

१९ चैत्र २०८०, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो।

पेट्रोलबाहेकको भने मूल्य यथावत राखिएको निगमले जनाएको छ।

अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ पुगेको छ। भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ। निगमले सबै पेट्रोलियम पदार्थको बिक्री घाटामा रहेको उल्लेख गरेको छ।