ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नेपाल–भारत देवीपाटन महायात्रा भव्य बनाईने, तयारी अन्तिम चरणमा

१९ चैत्र २०८०, सोमबार
१९ चैत्र २०८०, सोमबार

दाङ, १९ चैत ।

अबको चार दिनपछि घोराहीको चौघेराबाट भारतको देवीपाटनसम्म हुन लागेको महायात्रालाई भव्य बनाउने तयारीमा जुटेका छन् । नेपाल र भारत दुवै देशले यस वर्ष चैत २३ गतेबाट शुरु हुने देवीपाटन महायात्रालाई भव्य बनाउन तयारीमा जुटेका हुन् ।

नेपालका तर्फबाट गोरक्षपात्र देवता सिद्धरत्ननाथ मन्दिर चौघेरादेखि भारतको माँ पाटेश्वरी मन्दिर तुलसीपुरस्थित देवीपाटनसम्मको महायात्रालाई भव्य बनाउन आईतबार माँ पाटेश्वरी मन्दिर तुलसीपुरमा दुई देशका पत्रकारहरुको उपस्थितीमा वृहत छलफल भएको छ ।

गोरक्षपात्र देवता सिद्धरत्ननाथ मठ महायात्रा मुल आयोजक समिति संयोजक सुरतनाथ योगीको अध्यक्षता तथा भारत तुलसीपुरस्थित माँ पाटेश्वरी मन्दिरका मठाधीश मिथलेशनाथ योगीको प्रमुख आतिथ्यमा भएको छलफलमा महायात्रालाई भव्य बनाइने निचोड निकालिएको छ ।

माँ पाटेश्वरी मन्दिरका मठाधीश योगीले देवीपाटन धार्मिक यात्रा मात्रै नभएर दुवै देशको सम्वन्धलाई बलियो बनाउने सांस्कृतिक यात्रा समेत रहेको भन्दै यसको आयाम निकै फराकिलो रहेको बताए । उनले यो इतिहासकालबाट चल्दै आएको परम्परा मात्रै नरहेर यसले सिंगो धर्म संस्कृति संरक्षणसँगै दुई देशबीचको आपसी सम्बन्धलाई अझ बलियो बनाउने जिकिर गरे

भारत र नेपालको पौराणिक इतिहासलाई जिवित राख्दै देवीपाटन यात्रालाई भव्य बनाउने विषयमा हिजो दिनदेखि नै आफुले प्रयास गर्दै आएको बताए ।

योपटक गर्न थालिएको भव्यताले भक्तजनको उपस्थिती व्यापक रुपमा हुनु भनेको देवीपाटन यात्राको गरिमा र महत्व अझ उचाइमा पुग्नु रहेको उनले बताए । ‘देवीपाटन यात्रा एउटा धार्मिक यात्रा मात्रै होइन । यो यात्राले दुवै देशको सम्वन्धलाई बलियो बनाउँछ । यो दुई देशबीचको धार्मिक, सांस्कृतिक सम्वन्धको यात्रा पनि हो’ उनले भने ‘यो यात्रालाई भव्य र बैभव बनाउन सबै लागौँ । हामी सबैको अनुरोध यही हो । हामी नेपालबाट आउने शोभायात्रालाई भव्य स्वागत गर्न आतुर छौँ ।’

विसं. ८०९ देखि देवीपाटनको यात्रा चल्दै आएको बताईन्छ । अहिले पनि यो यात्रा हरेक वर्ष हुँदै आएको छ । तर, विगतको भन्दा अब यसलाई धार्मिक, सांस्कृतिक केन्द्रको रुपमा विकास गर्दै यसको आयामलाई विश्व जगतमा पुर्याउन नयाँ कोशिस थालनी हुनु सबैका लागि गर्वको विषय भएको माँ पाटेश्वरी मन्दिरका मठाधीश योगीले चर्चा गरे ।

प्रचीन कालदेखि दाङ जिल्लाबाट हरेक साल चैत्र नवरात्रामा चल्ने धार्मिक यात्रालाई यो वर्ष थप भव्य बनाउँदै दुई देश बीचको सम्बन्ध बलियो बनाउने कोशिस भईरहेको महायात्रा मुल आयोजक समितिका संयोजक सुरतनाथ योगीले बताए ।

धार्मिक, सांस्कृतिक, पुरातात्विक रुपमा महत्वपूर्ण मानिएको गोरक्ष रत्ननाथको यो परम्पराको गरिमा बढाउन सबैको साथ सहकार्य आवश्यक रहेको उनले बताए ।

प्रत्येक वर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थित पाटेश्वरी मन्दिर पुग्ने गरी हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई भव्य बनाउँदै पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने गरि महायात्राको तयारी अहिले अन्तिम चरणमा पुगेको पनि जानकारी गराईएको छ ।

यही चैत २३ गतेदेखि बैशाखको ७ गतेसम्म हुने धार्मिक एवं सांस्कृतिक महायात्रामा गोरक्षपात्रदेवता सिद्धरत्ननाथ चौघेराका पिर, पुजारी, भण्डारी, सिरानेलगायत साधुसन्त, सामाजिक एवम् धार्मिक व्यक्तिहरु, विभिन्न क्षेत्रका प्रतिनिधिलगायत करिव चार सय बढीको सहभागीता हुने भएको छ । महायात्रालाई विशेष बनाउन यो वर्षदेखि थारु, मगर, अवधि, भुमे, सोरठी नाच पनि समावेश गराउने तयारी गरिएको छ ।

घोराही उपमहानगरपालिका–१७ चौघेरा मठबाट प्रारम्भ हुने महायात्रा घोराही उपमहानगरपालिका–३ चौपट्टा, लमही नगरपालिका–६ देउपुरमा गोरक्षपात्रदेवता मठ, गढवा गाउँपालिकाअन्तरगत जमुनीबास, कोइलावास र भारतको जनकपुरलगायतका धार्मिकस्थलहरुमा विश्राम र पूजापाठ गर्दै तुलसीपुरस्थित देवीपाटन मन्दिर पुग्ने छ । जनकपुरपछि नकटी घाटबाट लाखौँ भक्तजनको भव्य उपस्थितीमा पैदल यात्राका साथ माँ पाटेश्वरी मन्दिरमा नेपालबाट गएको महायात्राको टोली पुग्ने बताईएको छ ।

पाटन पुगेपछि पाँच दिन बस्ने र त्यो अवधिमा उक्त मन्दिरमा नेपाली पुजारीले पूजापाठ परम्परा छ ।

नेपालबाट पुजारी पुगेपछि न फर्किदासम्म पूजापाठको जिम्मा नेपालीले गर्ने परम्परा रहेको हुँदा यसको आफैमा विशेष महत्व रहेको बताईएको छ । पाँच दिनको पूँजापछि पूजाका सामग्रीसँगै पाटेश्वरी माताको दर्शन गरेर टोली फर्किने परम्परा छ । रातीको समयमा मात्र हुने यात्रा भएकाले यो यात्रा ओझेलमा परेको भन्दै पाटेश्वरी मन्दिरका मठाधीश मिथलेश नाथले बाजागाजासहित भव्य रुपमा विदाई गर्ने परम्परा बसालेको बताए ।

भेष बाह्रपन्थी नाथ संस्कृतिको केन्द्रका रुपमा रहेको चौघेराबाट करिव एक महिनाको यात्रापछि पाटेश्वरी मन्दिर पुग्ने परम्परा रहेपनि पछिल्लो समय यसलाई घटाएर १३ दिनमा झारिएको छ ।

जस अनुसार यो पटक अप्रिल पाँच तारिख अर्थात चैत्र २३ गते साँझ शुक्रबार दाङ घोराहीको सिद्ध रत्ननाथ मठ चौघेराबाट विशेष

तामझामका साथ रथयात्रासहित महायात्रा सुरु हुनेछ । चौघेराबाट शुरु भएको यात्रा घोराही उपमहानगरपालिका अन्तरगत चौपट्टामा केही समय पूजा आराधना र विश्रामपछि लमही प्रस्थान गर्नेछ ।

महायात्राको टोलीले लमही नगरपालिका ६ देउपुरस्थित गोरक्ष धाममा पाँच दिनको बसाई गर्नेछ । २८ गते देउपुरबाट कोइलाबासको लागि यात्रा गर्नेछ । साविकको पुरानो विश्राम स्थल जमुनीबासमा एकछिनको विश्रामपछि साँझ कोईलाबासमा एक रात विश्राम लिनेछ । चैत्र २९ बिहान ४ बजे कोईलबासबाट भारतको जनकपुरको लागि यात्रा हुनेछ । २९ र ३० गते जनकपुरमा बिश्राम हुनेछ । बैशाख १ गते पञ्चमी तिथिमा शनिबारका दिन जनकपुरबाट देवीपाटनका लागि विशेष तामझामसहित गोरक्ष पात्रदेवताको रथयात्रासहितको महायात्रा नकटी नाला हुँदै माँ पाटेश्वरी मन्दिरका लागि प्रस्थान गर्नेछ ।

नयाँ वर्ष २०८१ बैशाख १ गते बिहान ९ बजेसम्म देवीपाटन पुग्ने गरी कार्यतालिका बनाईएको छ । बैशाख ६ गतेसम्म देवीपाटनमा पूजाआजासहितको बसाईपछि ६ गते रात्रिकालिन समयमा देवीपाटनबाट पुनः रत्ननाथ मन्दिर चौघेराका लागि फिर्ती हुने कार्यक्रम तय गरिएको प्रचारप्रसार उपसमिति संयोजक लीला शाह योगीले जानकारी दिइन । ७ गते पुनः रत्ननाथ मन्दिर चौघेरामा पात्रदेवतासहितको टोली आईपुग्ने र ८ गतेका दिन कार्यक्रमको समापन गरिने छ ।

महायात्रा र चैत पञ्चमीलाई लिएर अहिले माँ पाटेश्वरी मन्दिरमा रंगरोगनदेखि आन्तरिक तयारी तीव्र पारिएको छ । केही तयारी पूरा भईसकेको पनि जानकारी गराईएको छ । देवीपाटन मेलालाई अवलोकन गर्न, पाटेश्वरी मन्दिर दर्शन गर्न लाखौँ भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । आईतबार भएको कार्यक्रममा नेपालका पत्रकार र भारतका पत्रकारहरुले देवीपाटन महायात्राको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?