Butwal Today

रुसी सेनामा भर्ती भएकाको परिवारद्वारा प्रदर्शन,१५जना पक्राउ

१९ चैत्र २०८०, सोमबार
अ+
अ-

काठमाडौं,१९ चैत ।   रुसी सेनामा कार्यरत पीडित परिवारले सिंहदरबारको दक्षिण गेटअघि प्रदर्शन गरेका छन्। रुसी सेनामा भर्ती भएका नेपालीको जीवन रक्षाको माग गर्दै पीडितका परिवारले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागी बालकसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रुसमा सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्दारको माग राख्दै प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

सो क्रममा प्रहरीले करिब १४ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीसहित १४ जना जनालाई नियन्त्रणमा लिएको हो। सरकारले रुसमा भर्ती नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।