ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम

आज अप्रिल फुल्स डे : यसरी सुरु भयो मूर्ख बनाउने चलन

१९ चैत्र २०८०, सोमबार
१९ चैत्र २०८०, सोमबार

काठमाडौँ ।

संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो ।

किम्बदन्तीअनुसार प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौँले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए । तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरू १ अप्रिललाई नै नयाँ वर्ष मनाउँथे । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाए ।

अप्रिल फुल दिवसका बारेमा अर्को एउटा प्रचलित जानकारी चाहिँ यस्तो पनि छ ।

भनिन्छ, पहिलेको क्यालेण्डरमा अप्रिल महिना देखि नयाँ वर्ष सुरु हुन्थ्यो तर पछि क्यालेण्डरमा संशोधन गरी जनवरी देखि नयाँ वर्ष सुरु गरियो । यो संशोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो । सन् १५६४ मा फ्रान्सका तत्कालीन राजा चार्ल्स नवौँले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष सुरु हुने घोषणा गरे ।

जनताले राजाज्ञालाई स्विकारेर पहिलो जनवरीलाई वर्षको सुरुवात मान्न थाले । तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रूपमा स्विकार्न सकेनन् । उनीहरूले पहिलो अप्रिललाई नै वर्षको सुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मूर्खहरूको दिन’ भनी नामकरण गरे ।

यसरी पहिलो अप्रिललाई वर्षको सुरुवात मान्नेहरूलाई उनीहरूले हाँस उठ्दो, गिज्याउने खालको उपहारहरू पठाएर खिसी उडाउन थाले । तिनीहरूलाई विभिन्न तरिकाले झुक्याएर मूर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिलका दिन अरूलाई मूर्ख बनाउने प्रचलनको सुरुवात र विस्तार हुँदै गयो भनिन्छ ।

अप्रिल फुल यसअघि नै सुरु भएको थियो भन्ने दाबी पनि छन् । एक किम्बदन्तीले १३९२ बाटै मानिसलाई १ अप्रिलमा मूर्ख बनाउन थालिएको थियो भन्छ, यस दाबीअनुसार ‘नन्स प्रिन्स टेल’ कथामा कथाकार जियोफ्रे काउस्सरले मार्चको ३० र थप २ दिन भनेर ३२ मार्चको सङ्केत गरेका छन्, यसलाई कतिले १ अप्रिल भनेर अर्थ्याएका छन् र यति बेला पनि झुक्याउने खेल हुन्थ्यो भनेका छन् । यद्यपि, १ अप्रिल कहीँ उल्लेख छैन ।

केही रिपोर्टका अनुसार १५०८ मै एक फ्रान्सेली कविले आफ्नो रचनामा अप्रिल फूलको सन्दर्भ उल्लेख गरेका थिए । अर्को एक दाबीअनुसार १५३९  कवि ‘डे डेने’ ले आफ्नो रचनामा १ अप्रिलमा धनाढ्य मालिकले आफ्ना नोकरलाई मूर्खतापूर्ण कामका लागि पठाएको विषय उल्लेख गरेका छन् । अप्रिल फुल युरोप, अमेरिकासहित विश्वका धेरै देशमा मनाइन्छ र यस्ता धेरै किम्बदन्ती प्रचलनमा छन् ।

१९१५ मा जर्मनीको लिले हवाई अड्डामा ब्रिटिस पाइलटले बमजस्तै वस्तु फ्याँकेको विषय अप्रिल फुलको वर्णन गर्दा सधैँ चर्चामा आउँछ । यसलाई देखेर मानिसहरूबिच भागदौड नै मच्चियो, त्रस्त मानिसहरू लामो समय लुके । तर बम नपड्किएपछि उनीहरू फर्किएर आए । त्यहाँ बम होइन, एउटा फुटबल फ्याँकिएको रहेछ, जहाँ लेखिएको थियो – अप्रिल फुल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?