Butwal Today

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

१८ चैत्र २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

आगामी मंगलबार दिउँसो २ बजे निजी निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन्।

यो बैठकमा आगामी वैशाख १५ गते इलाम २ र बझाङको प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको टुंगो गर्न सक्नेछ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको कांग्रेसका मुख्यचसिव कृष्णप्रसाद पौडेलले बताएका छन्।