Butwal Today

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

१८ चैत्र २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

आगामी मंगलबार दिउँसो २ बजे निजी निवास बूढानीलकण्ठमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन्।

यो बैठकमा आगामी वैशाख १५ गते इलाम २ र बझाङको प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको टुंगो गर्न सक्नेछ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको कांग्रेसका मुख्यचसिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?