ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

रक्तदान कार्यक्रम सम्पन्न

१८ चैत्र २०८०, आइतबार
१८ चैत्र २०८०, आइतबार

बुटवल, १८ चैत । ‘स्वस्थ रगत सबैका लागि’ भन्ने उद्देश्यका साथ शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ अन्तर्गत हरियाली वन संरक्षण महिला उपसमुह र नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको संयुक्त आयोजना तथा जागृति युवा क्लबको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको छ । तिलोत्तमा २, तपाहामा शनिबार भएको कार्यक्रमको शंकरनगर सामुदायिक वन तिलोत्तमा १–४ का अध्यक्ष रविन्द्र वस्नेतले रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गर्दै हरेक स्वस्थ युवा नियमित रक्तदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तिलोत्तमा वडा नं. २ का वडाध्यक्ष डिलबहादुर भट्टराई, कार्यपालिका सदस्य सावित्रा आचार्य, जनप्रतिनिधिहरु डोलबहादुर थापा, खेमराज पाठक, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, तिलोत्तमा शाखाका अध्यक्ष गोविन्द भुसाल, सल्लाहकार टेकबहादुर थापा, अर्जुनप्रसाद पौडेल, वनका उपाध्यक्ष कमला ज्ञवाली, कोषाध्यक्ष भुवन आचार्य, जागृति युवा क्लबका अध्यक्ष विदुर के.सी., मिलिजुली आमा समुहका अध्यक्ष दिना चन्द, जागृति टोल विकास संस्थाका का.वा. अध्यक्ष हिमलाल वश्याल, महिला उपसमुहका मेनुका थापा, निरा वस्यालले रक्तदान जस्तो पवित्र दान जीवनमा अरु केही हुन नसक्ने बताए ।

रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पहिलोपटक रक्तदाता महिलाको उल्लेख्य सहभागिता रहेको उपसमुहकी अध्यक्ष गीता वश्यालले बताईन । महिला उपसमुह आफ्नो वार्षिक कार्यतालिकाअनुसार रक्तदान कार्यक्रम आयोजना गर्दै आएको भन्दै उनले शनिबार ५० युनिट रगत संकलन भएको बताईन । तिलोत्तमा शाखाले यससँगै ३६ औ नियमित श्रृङखला सम्पन्न गरेको शाखाका उपाध्यक्ष अञ्जु पौडेलले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?