ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

छैटो खड्ग प्रसाद गौचन यु—१९ क्रिकेटमा सेमीफाईनल समिकरण पुरा

१८ चैत्र २०८०, आइतबार
१८ चैत्र २०८०, आइतबार

बुटवल, १८ चैत । रुपन्देहीमा जारी छैटो खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता २०८० मा समुह बि अन्तरगत भएको खेलमा क्रिकेट एक्सलेन्स सेन्टर, काठमाण्डौ र धनगढी क्रिकेट क्लब अन्तिम चारमा स्थान बनाएका छन । शनिबार भएको खेलमा सिईसि काठमाण्डौले धनगढीमाथि ५ बिकेटको जित निकाल्दै समुह विजेता बन्यो । योसंगै प्रतियोगिताको अन्तिम चारको टुगो लागेको हो । आईतबार समुह ए को उपविजेता मदन भण्डारी स्र्पोटस एकेडेमी र समुह ए को विजेता सिईसी काठमाण्डौ बिच पहिलो सेमिफाईनल खेल हुनेछ । दोस्रो सेमीफाईनल खेल भने स्टार एकेडेमी र धनगढीका बिचमा सोमबार हुने छ ।

एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा टस जितेर धनगढीले ब्याटिंग रोज्दै निर्धारित २५ ओभरमा १०४ रनको लक्ष्य खडा गरेको थियो । धनगढीका आशिष लुहारले २३ बलमा ३३ तथा निशान रेग्मीले ३३ बलमा १५ रन जोडे । सिईसिका समिर बिष्टले ४ तथा दयानन्द मण्डलले २ बिकेट लिए । सिईसिले लक्ष्यलाई २०.१ ओभरमा लक्ष्य भेटायो । सिईसिका सुमित सिह बुडालले ४२ बलमा ४२ रन, स्मिथ बुढाले १४ बलमा १६ रन जोडे । धनगढीका सौर्य श्रेष्ठले ३ अनिस अवस्थीले १ बिकेट लिए । सिईसिका समिर बिष्ट म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

शनिबार नै सम्पन्न दोस्रोे खेलमा न्यू होराईजन एकेडेमीले कास्की क्रिकेट एकेडेमीलाई ३ बिकेटले पराजित गरेको हो । टस जितेर ब्याटिंग गरेको कास्कीले निर्धारित २५ ओभरमा ४९ रन मात्रै बनाएको थियो । जवाफमा न्यू होराइजनले १३ ओभरमै लक्ष्य प्राप्त गर्दै विजयी भएको हो । खेलमा न्यू होराईजनका सुरज खड्का म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खेलिने उनले बताए । प्रतियोगिताको उपाधि विजता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसियसन अफ कास्की, डिसिए धनगढी र न्यु होराईजन स्पोर्ट्स क्लब गरि आठ टिमले प्रतिस्पर्धा गर्ने छन । चैत २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?