Butwal Today

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, पाँच जनाको मृत्यु

१७ चैत्र २०८०, शनिबार
अ+
अ-

बुटवल ।

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ।

प्रहरीका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ३ महिला र २ पुरुष छन्। उनीहरूको परिचय खुल्न बाँकी छ। तर मृतक सबै गाेरखाका भएको प्रहरीको भनाइ छ।

मुग्लिन प्रहरीका अनुसार उक्त ट्याक्सी मुग्लिन पुग्न एक किलाेमिटरअगाडि दुर्घटनामा परेकाे हो ।