Butwal Today

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल पहिला फिल्डिङमा

१७ चैत्र २०८०, शनिबार
अ+
अ-

काठमाडौं ।

आयरल्यान्ड वुल्भ्ससँगको टी -२० क्रिकेट श्रृंखला अन्तर्गत दोस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो। नेपाल आजको खेल जित्दै श्रृंखला बराबरी बनाउने दाउमा छ।

पहिलो खेलमा नेपाल शुक्रबार आयरल्यान्ड वुल्भ्ससँग २१ रनले पराजित भएको थियो। जितसँगै ३ खेलको श्रृंखलामा आयरल्यान्डले १-० को अग्रता बनाएको छ।