Butwal Today

नमुना महिला विकास सहकारीको स्थापना दिवस

१६ चैत्र २०८०, शुक्रबार
अ+
अ-

बुटवल, १६ चैत । नमुना महिला बिकास बचत तथा ऋण सहकारी संस्था, सेमलारले आफनो १८ स्थापना दिवस तथा ६७ औ राष्ट्रिय सहकारी दिवस को अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।

सहकारीले दिवसको अवसरमा सरसफाइ अभियान, असल सदस्य सम्मान, मनोरञ्जनात्मक नृत्यहरू तथा संस्थाका जेष्ठ सदस्यलाई बार्षिक रुपमा पेन्सन सेवा शुरु गरेको सहकरीका व्यवस्थापक मञ्जु गोदारले बताईन । कार्यक्रममा संस्थाको अध्यक्ष जमुना उपाध्याय, संस्थापक अध्यक्ष रमा खड्का, उपाध्यक्ष उमा पोख्रेल, सचिव मिना घर्ती लगायतले सहकारीका बिविध विषयमा प्रकाश पारेका थिए ।

बुटवल १५ को जनप्रतिनिधि महिला सदस्य तथा उधमी रमा पौडेल पराजुलीले महिलाहरु आयआर्जनमा जोड्नुपर्ने बताईन ।