ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर !

१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

करिब ७ बर्ष पहिले म बिशेष कामले काठमाण्डौमा थिएँ, एकाबिहानै मोबाइलमा फोनको घण्टी बज्यो । यसो मोबाइल उठाएर हेरेँ, चिनेको बुटवलकै एक बहिनीको फोन रहेछ । कुरा कहांँ हुनुहुन्छबाट भयो । उनले भन्दै गइन– मेरो छोराको साथी पाल्पा दोभानदेखि आफन्तको घरमा बसी क्याम्पस जाने आउने गर्थे । विपन्न बर्गका उनी बुटवलमा डेरा गरी बसेर खर्च धान्न कठिन थियो । त्यस कारण आफन्तकोमा बसेर बुटवल बहुमुखी क्याम्पसमा अध्ययन गर्ने गरेका थिए । उनी साईकलमा नै बुटवल दोभान आवतजावत गर्ने गर्थे । कुनै एकदिन साइकलमा दोभान फर्किंदै गर्दा ५ बजे छुटेको क्याम्पस पुष महिनामा ढुसी लागेको अँध्यारोमै बुटवल नगरमै पर्ने शिद्धबाबा पुगेका के थिए, भीडभाड, चक्काजाम अनि दौडादौड देखेछन । के भैरहेछ भन्दै उनी साइकल रोकेर छक्क परेर यो जामबाट कसरी साइकल छिराएर पाल्पा तिर भाग्ने होला भनि बाटो खोज्दै रहेछन । खर्च अभावमा बिहानको खाना पछि एकैचोटि घरको खानाको दौडाइमा हिंँडेका उनी यसो अगाडि बढ्न खोज्दा यो सालेलाई छोप । यो पनि हो एक प्रहरीले भनेछन, अर्को प्रहरी आएर साइकल साइड लगा भनेछ, उनी अझैपनि छक्क पर्दै के हो यो ? के भैरहेछ ? भन्दाभन्दै प्रहरीले एक लात हानेछ र आफ्नो गाडीमा राखेर इलाका प्रहरी कार्यालय बुटवलमा लगेर थुनेछ ।

न त हातमा मोबाइल छ न त कसैलाई चिनेका छन । चार दिनपछि कताबाट हाम्रो छोराको फोन नम्बर याद रहेछ र गुहार मागे । त्यसपछि हामीले उनका आफन्तलाई खबर गर्न पाइयो । उनकी आफन्तले भन्दै थिइन, धन्न हाम्रो बाबुको फोन उनलाई कण्ठ रहेछ र त्यहीँसंँगै लगेको एक ब्यक्तीलाई अनुरोध गरेर मोबाइल मागेर साथीलाई फोन गरेर साथीमार्फत उनी बस्ने आफन्तलाई थाहा लाग्यो । क्याम्पस गएको ब्यक्ति फर्किंदै गर्दा कसरी त्यहांँ पुग्यो भन्ने कुरा सबै बुझाउन प्रहरीलाई निकै मेहेनतका साथ बिन्तीभाउ गर्दा पनि प्रहरीले नसुनिदिँदा उनलाई प्रहरीबाट छुटाउन केही सिप लागेन । साथीभाई, आफन्त र परिवारले प्रहरीलाई कुरा बुझाउन जति नै कोसिस गरेपनि केही नलागेर ती ब्यक्ती थुनिएको चार दिन हुंँदा बल्ल उनले गुहार मागेको थाहा लाग्यो । काठमाण्डौंदेखि फोन गरेर बडे नेताहरूलाई सहयोग मागेर पाँचौं दिनमा थुना मुक्त गर्न सफल भैयो भनि पीडितका आफन्त भन्दैथिए । त्यसदिन त्यस ठाउँंको लडाईं चुल्ठेमुन्द्रे ड्रगिस्टहरूको रहेछ । जुन ग्याङ बाउको दुइ नम्बरी पैसामा सडकमा नशा पिएर लडने, खुकुरी हानाहान गर्ने, निहत्था पुलिसलाई दुःख दिने, बाटो हिँडेका सर्वसाधारणलाई कष्ट कटाउने गर्दा रहेछन । यस्तो खेलमा ती बिचरा बाटो हिडदै गरेका निर्दोष बटुवाले बिना गल्ती यातना भोग्नुप¥यो । यसरी कहिलेकाहीँ मान्छे परिवन्दमा पर्छ ।
एकदिन बाटोमा कुनै सवारी साधनको ठक्करमा साइकल सहित रगताम्मे अवस्थामा लडिरहेका एक बृद्धलाई गुहार दिन एक युवक लागी पर्छन । बेहोस अवस्थामा रहेका उनलाई अस्पतालसम्म ल्याउन सडकमा गुडिरहेका कैयाँैं साधनमा लिफ्ट माग्छन र मुस्किलले एक गाडीवालाले रोकेपछि बिन्तीभाउ चढाउंँदै अस्पतालसम्म ल्याइ पु¥याउँंछन र उपचार गराउँंछन । केही घण्टामा बृद्ध घाइतेको होस आउँंछ । उनले केही इसाराको भरमा आफनो ठेगाना बताउँंछन । ती युवाले धेरै ठाउँं फोन खबर गरि बृद्धको फोटो सेयर आदी दुनिया गरेपछि बृद्धका छोराले थाहा पाएर अस्पताल आउँंछन र सुरुमा उनले बाबाको अबस्था बुझनु त कता छ कता पहिलो शब्दमै बाउले चलाउने साइकलको खोजी गर्न थाल्छन । सहयोग गरेका युवक हेरेको हेरै हुन्छन । उनी ट्वाल्ल परेर बृद्धका छोरालाई हेरेर धिक्कार्छन– हे भगवान यो उमेरको बृद्ध बाबाप्रति कत्तीपनि दया माया नभएको कस्तो छोरा जन्मेहोला भन्दै, यस्तो सन्तान जन्मनु पनि धिक्कार छ भन्दै उनी आफूलाई पनि धिक्कार्छन । म भोकभोकै आफ्नो काम छोडेर मानव सेवामा लाग्नु पनि व्यर्थ गरेंँ कि भन्दै आफैमाथि प्रश्न तेस्र्याउँंछन । युवाले सोचेका थिए– उनका परिवार आउनेछन र मलाई धेरै धेरै धन्यवाद दिनेछन । तर यहाँ त त्यसको उल्टो परिणाम सडकमा दुर्घटना भै थिच्चिएको साइकलको पैसा पो तिर्नुपर्ने हो कि जस्तो पो भयो त । माथिका यी दुबै घटना काल्पनिक नभएर वास्तवमै भएका घटना हुन् ।

करिब दुई महिना पहिले बुटवल राजमार्ग चौराहामा ठेला ब्यापारीको सामान कबाडी केटाकेटीले झिकेर भागेको बिषयमा बस स्टाफ र कबाडी ठेलावालाबीच हानाहान र तानातान मच्चिन्छ । यही द्वन्द्वमा ठेलावाला सख्त घाइते हुन पुग्छन । भागदौडमा यो भिडन्तको दर्शक बनेका एक पेन्टको काम गरेर घर फर्कँदै गरेका मजदुर प्रहरीको पक्राउमा पर्छन । उनी सोधपुछका नाममा चौकीमा करीब दुई हप्ता लामो थुनामा बस्छन । आमा, बाउ र आफन्तको हारगुहारमा उनी थुना मुक्त त भए तर धरौटीमा तारीक धाउने गरी छुटे । यसैले हाम्रा बाउबाजले भन्ने गर्थे हुलमुलमा जीउ जोगाउ, अनिकालमा बिउ जोगाउ । उनी निर्दोष ठहर हुन धेरै समय लाग्ने छ । माथिका केही घटनाहरू त उदाहरण हुन । हाम्रो समाजमा यस्ता घटना धरै हुने गर्छन । राम्रो काम गर्ने र राम्रो चिताउनेलाई कहिले भलो हुंँदैन । जस्ले अर्काको कुभलो गर्छ र कुभलो नै चिताउँंछ उसलाई राम्रो नै हुने गरेको छ । जहाँंपनि सोर्स र पहँुंचका भरमा काम हुनेगर्छ । कहिल्यै पनि दोषीले सजाय पाएको हँुंदैन । निर्दोष मानिस फस्ने र सजायको भागेदार हुने गर्छ । हुने खानेले हुंदा खानेलाई जे गरेपनि हुने गरेको छ । जहिले होस गरिब अन्यायमै परेको हुन्छ । त्यसैमा जातको र लिंगको आधारमा गर्ने हिंसाका कारण यो बर्गमाथि अरू अन्याय भईरहेको छ ।

राजाका पालामा राजाको हुकुम भन्दै हत्या लुटपा त र बलात्कार काण्डमा जेल परेकालाई आममाफी दिएर थुनामुक्त गरिन्थ्यो भने लोकतन्त्र गणतन्त्र पछि यो देशको सर्वेसर्वा राष्ट्रपतिलाई बनाइएको छ र राष्ट्रपतिमार्फत अपराधीलाई पनि आममाफी दिने चलन चलेको छ । गणतन्त्र र लोकतन्त्र दिवस जस्ता अवसरमा दिइने यस्ता आममाफीमा आजीवन थुनामा राख्नुपर्ने हत्यारा र बलात्कारीहरूलाई सोर्स र पहुंँचका भरमा एक दुई महिनामै थुनामुक्त हुने गरेका छन । हुन त सतिले सरापेको देश भनेर हाम्रो देशलाई चिन्ने गरिएको छ । यहाँं इमान्दार वा राम्रो काम गर्ने कसैलाई राम्रो हँुंदैन । राम्रो त लुटेरा चोर चंडाललाई हुनेगर्छ । हो यहांँ भन्न खोजिएको के भने परिवन्दमा पर्न केही गर्न पर्दैन, यत्तिकै पनि पर्न सकिन्छ । यसैले हामी भीडभाड देखेर त्यहांँ भरसक हुलिन नखोजौं । कहिलेकाहीँ अनावश्यक रूपमा परिबन्दमा पर्न सकिन्छ । अर्को कुरा मानव सेवा गर्दा पनि विचार पु¥याउनु पर्छ कि । सबैको भलो होस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?