Butwal Today

बुटवलमा एक पुरुष मृत अवस्थामा फेला

१५ चैत्र २०८०, बिहीबार
अ+
अ-

बुटवल ।

रुपन्देहीको बुटवलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत बुटवल उपमहानगरपालिका वडा न. २ स्थित पाखापानीमा रहेको कल्पटमुनि अन्दाजी ३७ वर्षिय सन्तोष सार्की मृत अवस्थामा फेला परेका हुन् ।

बिहिबार बिहान ११ बजे स्थानीयले घटनास्थलमा सो शव देखे संगै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।स्थानीयका अनुसार घटना रहस्यमय भएकाले हत्या गरि फालिएको आंशका गरेका छन् ।

मृतक सार्कीको मुखमा चोट रहेको देखिएको छ ।बुटवल उपमहानगरपालिका वडा न।११ मैनाबगर नजिक बस्दै आएका सार्की सामान्य मजदुरी गर्दै आएका थिए । उता,तिलोत्तममा दलित ज्ञान उत्सव चलिरहदा यता दलित समुदायका एक पुरुषको शंकास्पद शव फेला परेको हो ।