Butwal Today

नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द

१५ चैत्र २०८०, बिहीबार
अ+
अ-

काठमाडौं ।

वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी(२० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो । दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ क्यानले पुन तालिका सार्ने जनाएको छ ।

टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ । यस खेलसहित क्यानले पुनस् नयाँ तालिका सार्वजनिक गर्नेछ ।