Butwal Today

वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला

१४ चैत्र २०८०, बुधबार
अ+
अ-

सुर्खेत, १४ चैत । वीरेन्द्रनगरमा मंगलबार भेटिएको महिलाको शवको पहिचान खुलेको छ । सो शव वीरेन्द्रनगर नगरपालिका वडा नम्वर एक, बांगेसिमलका २७ वर्षिय सरस्वती सुनारको रहेको खुलेको छ । मंगलवार बांगेसिमल स्थित प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा रहेको तारेभिरस्थित सुख्खा खोलामा सडेको अवस्थामा भेटिएको थियो ।

२७ वर्षिया सुनार गत पुसमा हराएको जानकारी परिवारले दिएका थिए । परिवारले दिएको हुलियाअनुसार शवको पहिचान गरिएको हो ।  पिंक कलरको कुर्ता लगाएको ती महिलाको शव सडिसकेको अवस्थामा खोला किनारामा घाँस दाउरा लिन गएकाले देखेपछि प्रहरीलाई खवर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।