Butwal Today

आईसीसी टी–२० क्रिकेट : दोस्रो अभ्यास खेलमा आज नेपाल र आयरल्यान्ड भिड्दै

१३ चैत्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ ।

आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्याण्ड वुल्भ्सबीचको दोस्रो अभ्यास खेल आज हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ।

पहिलो खेलमा पाहुना टोलीमाथि ६ विकेटको सहज जित निकालेको नेपाली टोली दोस्रो खेलमा पनि जित निकाल्न चाहन्छ। उता पाहुना टोली भने नेपाललाई पराजित गर्दै दुई खेलको सिरिज बराबरी गर्ने योजनामा छ।

आयरल्याण्डसँगको दुई टी–२० खेलपछि नेपाली टोलीभ फ्रेन्डशिप कपका भारत प्रस्थान गर्नेछ। गुजरातको वापीमा नेपाली टोलीले बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक फ्रेन्डशिप कप खेल्नेछ। नेपालले १८ गते गुजरात र २० मा बरोडा सँग खेल्नेछ। यस्तै २१ गते  पुनः गुजरात र २३ गते  बारोडाविरुद्ध खेल्नेछ। फाइनल खेल २५ मा हुनेछ।

आयरल्याण्डको टोलीले भने नेपालको ए टोलीसँग अभ्यास खेल खेल्नेछ। जसका लागि नेपालको टोली घोषणा भैसकेको छ।

नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द।