Butwal Today

तिलोत्तमा ब्यापार संघद्वारा होली मिलन कार्यक्रम

१२ चैत्र २०८०, सोमबार
अ+
अ-

तिलोत्तमा, १२ चैत ।

तिलोत्तमा ब्यापार संघ, तिलोत्तमा, रुपन्देहीको आयोजनामा होली मिलन कार्यक्रम संघको सभाहल मणिग्राममा सम्पन्न भएको छ ।

होली मिलन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले हाम्रा पर्बहरुले संस्कार र अनुशासन समेत सिकाउने भएकाले आफ्नै महत्व रहेको बताइन् । उनले संस्थाको सचिवालय भवनको लागि निर्णय भएको बिषयमा प्रतिबद्ध रहेको बताइन् ।

संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले संघले मेलमिलाप र आत्मीयता बढाउन हरेक वर्ष होली मिलन कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा तिलोत्तमा ब्यापार सघंका संस्थापक अध्यक्ष जे.पी कंडेल, निवर्तमान अध्यक्ष बाबुलाल भुषाल, बरिष्ठ उपाध्यक्ष बिष्णु बराल क्षेत्री, महासचिव चेतनारायण विश्वकर्मा सल्लाहकार हरिप्रसाद उपाध्याय, नुमेन्द्र पौडेल, विष्णु प्रसाद भट्टराई लगायतले उद्योगी ब्यापारीहरुका धेरै समस्या हुँदाहुदै पनि अगाडि बढ्नुपर्ने बाध्यता रहेकोले सम्बन्धित पक्ष यसतर्फ गम्भीर हुन र समाधानका लागि आग्रह गर्दै आआफ्नो तर्फबाट फागुपुर्णिमा होलीको शुभकामना दिएका थिए । कार्यक्रमको संयोजन तारा सुनार, व्यवस्थापन सचिव कृष्ण प्रसाद भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?