Butwal Today

अछाममा ट्याक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु, ३ घाइते

१२ चैत्र २०८०, सोमबार
अ+
अ-

कञ्चनपुर ।

अछामको मेल्लेख गाउँपालिका- ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु भएको छ।

साेमबार बिहान भएकाे दुर्घटनामा अन्य २ जना घाइते भएका प्रहरीले जनाएको छ।

मेल्लेखबाट साँफेबगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर ग्रामीण सडक खण्डकाे सुयडी नजिकै दुर्घटनामा भएको स्थानीय नवराज उपाध्यायले जानकारी दिए।

मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए।

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका- ७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय किशोर जनक धामी र २१ वर्षीय युवक जनक धामी छन्। दुर्घटनामा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी र ४० वर्षीय हंस धामी र नाम नखुलेका अर्का एक बालक घाइते भएका छन्। घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ।