ट्रेंडिंग:

>> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ

सुकदेव गुरुङलाई सहिद घोषण गर्न पहल गर्ने छौंः मन्त्री तामाङ

११ चैत्र २०८०, आइतबार
११ चैत्र २०८०, आइतबार

बुटवल, ११ चैत ।

राणा शासनको विरुद्ध लड्दा मृत्युवरण गरेको शुकदेव गुरुङलाई सरकारले सहिद घोषणा गर्न आनाकानी गरेको भन्दै सहिद घोषणा गर्न बिभिन्न राजनीतिक दलहरुले संयुक्त रुपमा माग गरेका छन् । शहीद चोक घोषणा र शुकदेव गुरुङ शहीद घोषणाको लागि राष्ट्रिय जागरण अभियानद्वारा सर्वपक्षीय सर्वदलीय १४७ औँ स्मृति सभाको अबसरमा सरकार समक्ष सहिद घोषणाको माग गरेका छन ।

तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीको संयुक्त आयोजनामा रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै संघीय सरकारका नागरिक उड्डयन तथा पर्यटन मन्त्री हित बहादुर तामाङले सहिदहरु प्रति सधै उच्च सम्मानका साथ त्यो बेलाको तथ्य र प्रमाण हेरी सबै कागजात मिलाएर शहीद घोषणको बिषयलाई मन्त्रीपरिषदमा लैजाने र प्रधानमन्त्री समक्ष पनि प्रस्ताव गर्ने बताए ।

“कुनै बेला हामीले चाहने तर कर्मचारी संयन्त्रबाट नचाहने र हामी आफै पनि आवश्यक कागजात पुर्याउन नसकिरहेका हुन्छौ यस्ले गर्दा पनि हामी कुनै काम गर्न असक्षम हुन्छौ त्यसको लागी हामी कागजातमा पनि बलियो भएर सरकारलाई दवाव सृजना गरिरहनुपर्छ”– उनले भने । शहीद सुकदेव गुरुङलाई सहिद घोषण गर्ने बिषयमा राज्य तदारुकताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गर्दै जनतहबाट पनि सरकारलाई घचघच्याउनु पर्ने बताए । मन्त्री तामाङले आफूले आफ्नो तहबाट सुकदेवलाई सहिद घोषणाको लागि गर्न सक्ने सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा मगर मुक्ति मोर्चा नेपाल रुपन्देहीका अध्यक्ष दान बहादुर घर्ती मगर, सहिद सुकदेव राष्ट्रिय कार्यदल नेपालका अध्यक्ष धन बहादुर गुरुङ ,आदिवासी जनजाति महासङ्घ लुम्बिनीका महासचिव मनोज राना, रुपन्देहीका उपाध्यक्ष इन्द्र राई, तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष विमला गुरुङ लगायतले बोल्दै बिभिन्न राजनीतिक दलहरुका प्रतिनिधिहरुले जनजातिको बिषयमा सरकारले पनि बेवास्ता गरेको र जातिय मूल्याङ्कनमा पनि सरकारी संयन्त्र नभएको गुनासो गरेका थिए । सहिद सुकदेवलाई हाल सम्मका शासकहरूले वास्तविक इतिहास र बलिदानलाई पूर्वाग्रही दृष्टिकोणले हेरिनु र राष्ट्रका वीर वीरङ्गनाहरुलाई राज्यद्वारा अपहेलित गरेको उनीहरूको आरोप रहेको छ ।

वि.सं. १९३३ साल चैत्र १० गते जङ्गबहादुर राणाको शासन कालमा हत्या गरिएको थियो । राणा विरोधी आन्दोलनका क्रममा १८ वर्ष जेल जीवन बिताएका गुरुङलाई जेलभित्रै मारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?