ट्रेंडिंग:

>> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन

नवलपुरमा २ सय ८४ क्षयरोगी

११ चैत्र २०८०, आइतबार
११ चैत्र २०८०, आइतबार

नवलपुर, ११ चैत ।

पुर्वी नवलपरासीको नवलपुरमा माघ मसान्तसम्ममा २ सय ८४ जना क्षयरोगी थपिएका छन् । तीमध्ये १ सय ९७ जना पुरुष र ८७ जना महिला रहेका छन् । नयाँ क्षयरोगी मध्ये २.८ प्रतिशत बालबालिका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका आठवटा पालिकामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा ६४ जना भेटिएका छन् । त्यसैगरी गैंडाकोटमा ६२ जना, देवचुलीमा ५१ जना, मध्यविन्दुमा ३९ जना र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना भेटिएका हुन् ।

यसैगरी हुप्सेकोटमा २८ जना, बुलिङटार गाउँपालिकामा ७ जना र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा ४ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । गत वर्ष यो संख्या ५ सय ४६ थियो । त्यस अघिको वर्ष ५ सय २९ रहेको थियो । आउँदो असारसम्ममा यो संख्या गत वर्षकै हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

यसैबिच क्षयरोग संक्रमणका कारण साउन देखि माघ सम्म जिल्लामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य सात जना पुरुष र तीन जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टराईले बताए ।

जिल्लामा देखिएका क्षयरोगीहरूमध्ये ९४ दशमलव चार प्रतिशत रोगीको सफल उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताए । उनका अनुसार जिल्लामा गत आर्थिक वर्ष आर्थिक वर्ष २०७९÷८० मा पाँच सय ४६ जनामा क्षयरोग भेटिदा २१ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७८÷७९ मा पाँच सय २९ क्षयरोगी भेटिदा १९ जनाका मृत्यु भएको भने आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा चार सय १६ जनामा क्षयरोग देखिएकोमा १८ जनाको मृत्यु भएको थियो ।

यसैबिच आज विश्व क्षयरोग दिवस “हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ” भन्ने नारा सहित नेपाल लगाएता संसार भर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।

क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।

एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ ।

यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुनेबित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिन्छ ।

औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?