ट्रेंडिंग:

>> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे
सन्दर्भः संचारिका समूहको फिचर लेखन तालिम

आशा जगाउँदै, हौसला बढाउँदै बुटवल उपमहानगर

११ चैत्र २०८०, आइतबार
११ चैत्र २०८०, आइतबार

कुरा यही चैत्र ५ गते सोमबारको हो । त्यसदिन संचारिका समूह रूपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको प्रमुख सहयोगमा एकदिने फिचर लेखन तालिम सम्पन्न भएको थियो । तालिमको संयोजन संचारिका समूहले गरेको थियो भने बुटवल नगर प्रमुख, उपप्रमुख र कर्मचारीको सहजीकरण थियो । हाम्रो देशमा अहिले तीन तहका सरकार छन् । स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्रिीय सरकार । यि तीन तहका सरकारमध्ये स्थानीय स्तरमा मुख्य भूमिका स्थानीय सरकार कै हुन्छ । स्थानीय स्तरमा गर्नुपर्ने झिना मसिना काम (जो मानिसको दैनिक जीवनसंग प्रत्यक्ष रूपमा सरोकार राख्छन् र अत्यन्त महत्वपूर्ण छन्) देखि ठूलासम्मका महत्वपूर्ण काम स्थानीय सरकारले गर्नुपर्छ । जनसंख्यालाई आधार मानेर छुट्टयाईएका हुन्छन् पालिकाहरू । आफ्नो पालिकाभित्र बसोबास गर्ने बासिन्दाको सुख दुःख, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, बाटोघाटो आदी इत्यादी बुझ्ने र सोही अनुसार काम गर्ने जिम्मा स्थानीय सरकार कै हुन्छ । केन्द्रीय स्तरका ठूला योजनाहरू बाहेक अन्य कामहरू आ– आफ्ना ठाउँमा स्थानीय सरकारले गर्नुपर्ने हुन्छ । यदि जनतासंग प्रत्यक्ष सरोकार राख्ने कामहरू पालिकाहरूले ईमान्दारीपूर्वक गरेमा समग्र पालिकाको मुहार त फेरिन्छ नै देशको मुहार पनि फेरिने कुरामा शंका छैन । तर, ति काम सम्पन्नका लागि आवश्यक कानुन, नीति, नियम बनाउने काम पनि स्थानीय तहले गर्नुपर्छ । नियम कानुन् बनाएर काम गरेमा हरेक काम सही ढंगले सम्पन्न हुन सक्छन् । नियम कानुनको परिधिभित्र रहेर काम गरेमा हरेक कामले सफलता हासिल गर्दछ । यस्तै पालिकाले अघि सारेका योजना र गरेका कामबारे कार्यक्रममा जानकारी गराईएको थियो । यसरी एउटा पालिकाले गरेको काम, योजना र कारवाही, पुरस्कार र दण्डको नीति कडाईका साथ पालना गर्ने र पालना गराएमा त्यसको प्रभाव छिमेकी पालिकाहरूमा पनि पर्न जान्छ र राम्रो कामको देखासिकी अन्य पालिकाले पनि गर्न बाध्य हुन्छन् । करिव पचास साठी जना महिलाहरूको संचारकर्मीको उपस्थिति रहेको सो तालिममा नगरका प्रशासकीय अधिकृत मित्रमणि खनाल र प्रेस सल्लाहकार सिपी खनालले सहजीकरण गरेका थिए ।

त्योे एकदिने फिचर लेखन तालिम निकै महत्वपूर्ण थियो । महत्वपूर्ण यसमानेमा कि बुटवल उपमहानगरले के कस्ता काम ग¥यो र के कस्ता योजना अघि सारेको छ भन्ने बुझ्न सजिलो भयो । नगर प्रमुखले संचारकर्मीलाई के कस्ता विषयमा कलम चलाउने भन्ने विषयमा बुँदागत रूपमा चर्चा गरेका थिए र भनेका थिए– तपाईहरू खोजमूलक लेख लेख्नुस्, खोज्नुस् कहाँ कहाँ के काम भएको छ, के काम भएको छैन र कहाँ के काम हुनुपर्छ । त्यसले हामीलाई पनि काम गर्न सजिलो हुन्छ । काम सम्पन्न भएमा त्यसको सकारात्मक प्रभाव छिमेकी गाउँ नगरपालिकामा पनि अवश्य पर्नेछ । त्यसैले जुनसुकै पालिकाका समाचार वा लेखहरू आउँदा सत्य त हुनैपर्दछ । त्यसलार्ई तथ्यले प्रमाणित गर्ने समाचार हुनुपर्छ । कपोकल्पित भ्रामक समाचार र लेखले सबैलाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक असर पर्छ । वास्तवमा हो पनि भ्रामक समाचार दिनु हुँदैन । जुनसुकै गाउँपालिका नगर र महानगर नगरपालिकाहरूले आ– आफ्नो नगरबासीको सुख सुबिधा, आश्यकतालाई ख्याल गरेर काम गर्नुपर्ने हुन्छ । नगरका प्रमुख प्रति जनताको आशा र भरोसा रहेको हुन्छ । त्यो आशा भरोसामाथि प्रशासनबाट कुठाराघात भएमा कुर्सीमा पुराएका जनताले भुइँमा खसाल्न पनि सक्छन् भन्ने कुरा सत्तामा पुगेकाहरूले पनि सोच्नुपर्ने हुन्छ । संचार जगतले स्थानीय सरकारले गरेका राम्रा र नराम्रा कामको फेहरिस्त दिदै अगाडी गर्नुपर्ने काम बारे समाचार लेखेमा, पालिकाहरूलाई गाईडलाईन बन्न पनि सक्छ । अनि गाउँ नगरलाई अनुशासित, अपराधरहित, सुन्दर स्वच्छ र सुबिधायुक्त नगर बनाउन मद्दत मिल्छ । पालिका उन्नत र स्वच्छ बनाउन नगरभित्र स्वच्छ खानेपानीको ब्यवस्था, शिक्षा र स्वास्थ्य क्षेत्रमा राम्रो सेवा सुबिधा, बाढीपैरोको रोकथाम, सडक बिस्तार र मरम्मत, सडक पेटीको ब्यवस्थापन, गाडी पार्किङको ब्यवस्था, छाडा चौपाया नियन्त्रण, नाली र पानीको निकासको राम्रो ब्यवस्था, शहरभित्रका ब्यापार ब्यवसाय गर्नेहरूको छड्के जाँच, राम्रो स्वच्छ मासुका लागि राम्रो बधशाला, कुहिने र नकुहिने फोहर संकलन र ब्यवस्थापन, खोम्चा, फुल्की चाट, मिठाई पसल गर्नेहरूले लाइसन्स लिएर मात्र पसल खोल्न पाउने र विना लाईसेन्स पसल खोल्न नपाउने ब्यवस्था । पसल राखिसकेपछि पनि बेलाबेलामा अनुगमन, छड्के जाँच, दण्ड सजाय र पुरस्कारको ब्यवस्था, महिलाहरूलाई आत्मनिर्भर बनाउन सक्ने खालका सीपमूलक तालिम र तालिममा सिकेका सीपलाई ब्यवहारमा उतार्न लागिपर्ने महिलाहरूलाई सहयोग आदी ईत्यादी कुरा कार्यक्रममा उठेका विषय हुन् । यि कुराहरूकोे विकासको लागि नीति नियम, कानुन बनाएर सोही अनुसार कडाईका साथ लागू गर्ने र अटेर गर्नेलाई दण्ड सजायको भागिदार बनाएमा पालिकाको काम राम्रोमा गनिन्छ र नागरिकहरू पनि अलि सचेत बन्ने देखिन्छ । वास्तवमा पालिकाहरूमा दण्ड सजाय जरिमाना र पुरस्कारको ब्यवस्था भएन भने त्यहाँ कुनै पनि काम सही ढंगले अगाडी बढ्दैन् । मनपरी तन्त्र मौलाउँदै जान्छ । कसैले कसैलाई नटेर्ने, छाडापन, गुण्डागर्दी, चोरी चकारी, बेथिती मौलाएर जान्छ । त्यसलाई नियन्त्रण गर्न पनि दण्ड सजाय, जरिवाना र पुरस्कारको ब्यवस्था हुनु अनिवार्य हुन्छ । अर्को कुरा गाउँ नगरबासीले आफ्नो गाउँ नगरप्रति आफ्नो जिम्मेवारी पनि पूरा गर्नुपर्छ । यो ठाउँ मेरो पनि हो, यसलाई स्वच्छ सफा राख्नु मेरोे कर्तब्य हो, आफ्नो यसमा मेरो पनि जिम्मेवारी छ भन्ने सोचाई राख्नुपर्दछ । म एकजनाले फोहर गरेर के हुन्छ र ? एकजनाले यो काम नगरेर के हुन्छ, एकजनाले खराव खानेकुरा बेच्दैमा के हुन्छ र ? एकजनाले प्लास्टिक फोहर खोला कुलोमा फालेर के हुन्छ र बगेर गईहाल्छ भन्ने सोच्ने नागरिक असल नागरिक हुँदै होईनन् । उसले गरेको फोहरले किसानका खेत खलिहानमा के असर गर्ला भन्ने सोच्नुपर्दछ । जवकी प्लास्टिक कहिल्यै कुहिदैन । राम्रो कामको थालनी घरैबाट शुरु गर्नुपर्छ । यि कुराहरू आजकल टिभीमा, पत्रपत्रिका र रेडियोमा भनिरहेको पनि हुन्छ । यसरी अटेरी गर्नेलाई पालिकाहरूले समातेर दण्डकुण्ड गर्नुपर्छ । अनि नागरिकले पनि असल नागरिक हुनुको परिचय दिनुपर्छ । नागरिकको हैसियतले यो गाउँ नगरको विकास र सौन्दर्य बढाउन मेरो पनि जिम्मेवारी हो, मैले त्यो जिम्मेवारी बहन गर्नुपर्छ भन्ने बोध गरेर काम गर्नुपर्छ । यसो गरेमा गाउँ नगर राम्रो त बन्छ नै, देशमा त्यो गाउँ नगरको नाम रहन्छ र सबैको लागि उदाहरणीय ठाउँ पनि बन्छ । त्यसका लागि हरेक पालिका, पालिकामा बस्ने नागरिकले आ–आफ्नो कतब्र्य राम्रोसंग बुझ्नु र असल नागरिक हुनुको पहिचान दिनु आवश्यक हुन्छ ।

अर्को कुरा गाउँ नगरमा भए गरेका, उदाहरणीय काम गर्नेका कथा, किसानका कुरा, पशु चौपाया, कुखुरा पालेर आम्दानी गरेर आत्मर्निभर बनेका मानिसका कथाहरू अरूको लागि प्रोत्साहनको विषय बन्न सक्छ । संचारकर्मीले यस्ता कुरा बाहिर ल्याउनु कतब्र्यभित्र पर्छ । साथै उसले गाउँ नगर वा प्रदेशबाट प्रोत्साहनस्वरूप केही सहयोग पाउन पनि सक्छ । पालिकामा सेवा लिन आउने सेवाग्राहीलाई पालिका सरकारले धनी गरिव, उच्च ओहदावाला वा तल्लो तहका गरिव किसान, मजदुर धनी, महिला सबैलाई समान सेवा दिनुपर्छ । अर्को कुरा नागरिकले आफ्नो अधिकार र कर्तब्य बुझ्नु पनि जरुरी हुन्छ । नबुझे बुझेकाहरूसंग सोधेर काम गर्नु उपयुक्त हुन्छ । आफ्नै बलबुतामा कुनै उल्लेखनीय काम गर्ने ब्यक्तिलाई पालिकाले सहयोग गर्नुपर्छ र ति कुरा सबैले थाहा पाएर उसको सिको अर्को जिल्ला वा प्रदेशमा बस्नेले गर्न सकुन । थाहा दिने माध्यम भनेको संचारजगत हो । गाउँ शहर र देशमै भए गरेका राम्रा नराम्रा काम अनि आवश्यकतालाई जनता समक्ष पस्किने काम संचारकर्मीको नै हो । के सहीे के गलत भयो, के हुनुपथ्र्यो, के भएन, त्यसबारे सु–सूचित गराउने काम संचारकर्मीको हो । संचारमा काम गर्नेहरूले निष्पक्ष, सत्य तथ्य कुरा निर्भिक ढंगले उठाउनुपर्छ । आफू संलग्न वा आफू समर्थक सरकार छ भनेर गलत कुरालाई ढाकछोप गर्न खोज्नु वा नभएको कामलाई बढाई चढाई गरेर लेख्नु पनि सरासर गलत हुनजान्छ । तथ्यगत र प्रमाणित खोजमूलक लेखहरू आउनुपर्छ । चाहे त्यो जुनसुकै पार्टी समर्थक किन नहोस् । आजकल संचारकर्मीलाई आरोप लाग्ने गरेको छ कि पत्रकार पार्टीका झोलेकर्मी बन्दै गए, पत्रकारहरू खाम पत्रकार भए, बिना खाम राम्रो समाचार दिदैनन् । संचारकर्मी यस्ता दोषबाट मुक्त हुनु जरुरी छ । एकदुई खाम पत्रकारले गर्दा सबैको छवि धमिलिन्छ । वास्तवमा संचारकर्मी कसैको भाट बन्नु हुँदैन । सच्चा संचारकर्मीको परिचय दिनु संचारकर्मीको कर्तब्य हो । कुनैै पाटी प्रमुख, पालिका प्रमुख, संघ संस्थाका हाकिमहरू सबैले यो पत्रकार मेरो समर्थक होईन, यसले पैसा लिएर काम गर्दैेन भन्यो भने बल्ल त्यो सही मानेमा सच्चा संचारकर्मी कहलिन्छ । संचारकर्मी सच्चा बन्ने कोसिस गर्नुपर्छ । यसमा कसैको दुईमत हुनेछैन ।

अव अलिकति कुरा संचारीकाकै गरौं । लेखेर सूचनाहरू प्रवाह गर्ने महिलाहरूको समूह संचारिका समूह हो । तर केही वर्षयता संचारिका शब्दको दायरा केही फराकिलो भएको छ । संचारिकाको काम पत्रमा मात्र सिमित छैन, रेडियो टिभी, अनलाईन खवरहरूमा पनि संचारिकाहरूको बाक्लो सहभागिता छ । एक समय थियो– रूपन्देहीमा पत्रकार महिलाको संख्या नगन्य थियो । अहिले आएर जिल्लाबाट संचार क्षेत्रमा कामगर्ने संचारिकाको संख्या बढिरहेको देख्दा खुसी, आनन्द र गर्ब लाग्छ । तर अझै सन्तुष्ट हुने स्थिती भने छैन । एक त संचार क्षेत्रमा काम गर्ने संचारकर्मी महिलालाई घर ब्यवहारबाट उम्केर समाचार लिन, सूचना संकलन गर्न जान, गाउँ शहरका कुना कुनामा र जिल्ला जिल्लामा पुग्न गाह्रो छ । दोस्रो कुरा लेखेरमात्र जीविका धान्न सक्ने अवस्था पनि छैन । त्यसका बाबजुद पनि संचार जगतले आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहेको छ । यो सकारात्मक पक्ष हो । सूचना प्रवाह गर्नका लागि बस्तुस्थिती बुझनुपर्छ । सत्यतथ्य सूचना लिन र सूचना बाहिर ल्याउन फिल्डमा जानु नै पर्ने हुन्छ । त्यसको लागि तयारी अवस्थामा रहनु नै पर्छ । केवल पार्टीका नेताका भाषण टिप्नु र रेडियो टलिभिजन अनलाईनमा समाचार राख्ने मात्र संचारजगतको काम होईन । गाउँ शहरका जल्दा बल्दा समस्या, आवश्यकताको साथै अन्याय अत्याचारमा परेका नागरिकका विषयमा खोजबीन गरी सूचना प्रवाह गर्नु संचारकर्मीको काम र धर्म हो । ताकी प्रवाहित सूचनाले अन्यायमा परेकाले न्याय पाओस् । अपराधीले सजाय पाओस्, नबनेका कामहरू सम्पन्न बनुन् । यही धेय राखेर संचारकर्मीले काम गर्नुपर्ने हुन्छ । संचार माध्यममा आएका कुराहरूले पालिकाका प्रमुख उपप्रमुखदेखि कर्मचारीहरूलाई झकझकाउन सकोस् । र, ति समस्याहरू समाधान हुन सकुन् भन्ने उद्देश्यका साथ काम गर्नुपर्ने हुन्छ । अर्को कुरा संचारमा काम गर्ने महिलाहरूले आफुलाई अपग्रेड गर्दै पनि लैजानु जरुरी हुन्छ र अध्ययनशील बन्नुपर्छ । कमसेकम पालिका लगायत देशको बस्तुस्थिती बुझ्न सक्ने बन्नुपदर्छ भन्ने लाग्छ । भन्ने गरिन्छ– संचारकर्मीले के समाचार हो, के समाचार होईन भन्ने छुट्टाउन र बुझ्न भित्री र बाहिरी आँखाले हेर्नुपर्छ तव बल्ल सही र सत्यतथ्य समाचार बाहिर आउँछ ।

बुटवल नगरले गरेका कामहरूः
महिलाहरूको सिप बृद्धि गर्न र महिलालाई आत्मनिर्भर, स्वरोजगार बनाउन, सीपमूलक केही घरेलु तालिम र गहना बनाउने तालिमकोे ब्यवस्था । मकै पोलेर जीविका चलाउने जेष्ठ महिलालाई सम्मान, लामो समयसम्म एउटै ब्यवसाय गर्ने महिलालाई सम्मान गरेको । पत्रकार महिलालाई लेखन कलामा अगाडी बढ्न बजेट छुट्टाएको । न्यायिक समितिमा आएका मुद्दाहरू केही नगरपालिकाबाटै मिलाईएको । बजारको अनुगमन गर्ने गरेको । फोहर अनुगमन गर्ने गरेको । बच्चा र सुत्केरी महिलालाई सहयोग, छाडा चौपायाको ब्यवस्थापन, सडक र सडकपेटी मरम्मत आदी इत्यादी । पालिकाले कार्यक्रममा भनेजस्तै अघिसारेका सबै योजना सुनिरहँदा पालिकाले केही आशा जगाएकोे छ । योजनाहरू लागू होउन र सफल होउन शुभकामना ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?