Butwal Today

भरुवा बन्दुकसहित एक पक्राउ

१० चैत्र २०८०, शनिबार
अ+
अ-

पाल्पा, १० चैत ।

पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ ठूली पँधेराका ४६ बर्षीय लिलाबहादुर खत्री एकनाले भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मुुझुुङबाट गएको प्रहरीको गस्ती टोलीले खत्रीलाई बन्दुुक बोकी हिडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुुगन्ध श्रेष्ठले जानकारी दिए । उनलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।