ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

नगरस्तरीय क्रिकेटको उपाधि वडा नम्बर २ लाई

९ चैत्र २०८०, शुक्रबार
९ चैत्र २०८०, शुक्रबार

न्युज बुटवल टुडे
कपिलवस्तु, ९ चैत

कपिलवस्तुको तौलिहवामा सम्पन्न नगरस्तरीय स्मृति कप क्रिकेटको उपाधि कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले जितेको छ । वडा नम्बर १ लाई १० रनले पराजित गर्दै २ ले उपाधि जित्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको वडा नम्बर २ ले २० ओभरमा अलआउट हँुदै १ सय ५ रन जोडेको थियो । वडा नम्बर २ का शिव कुमार मौर्यले सर्वाधिक २६ रन र सरफुद्दिन मुसलमानले १६ रन जोडेका थिए । त्यसैगरी बलिङ्ग तर्फ दिपक डफाली र सतेन्द्र पाण्डेयले समान २÷२ विकेट लिएका थिए । दोस्रो ईनिङ्गमा ब्याटिङ्ग गरेको वडा नम्बर १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९५ रन मात्रै जोड्न सफल भएको थियो । वडा नम्बर १ का खेलाडी राज अग्रहरीले सर्वाधिक २९ रन बनाएका थिए भने वडा नम्बर २ का रामनिवास यादवले ४ विकेट लिएका थिए । संघका दिवंगत पुर्व पदाधिकारी र क्रिकेट खेलाडीको सम्झनामा कपिलवस्तु क्रिकेट संघको आयोजनामा चैत ५ गते तौलिहवामा नगरस्तरीय स्मृती कप क्रिकेट प्रतियोगिता शुरु भएको थियो ।

बुद्धपद्धम माध्यमिक विद्यालयको खेल मैदानमा दुई समूहमा लिग क्रिकेट प्रतियोगिता गरिएको थियो । उपाधिसँगै वडा नम्बर २ ले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र तथा वडा नम्बर १ ले नगद १५ हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । संघका जिल्ला अध्यक्ष प्रकाश गैरे, लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, जिल्ला खेलकुद समितिका अध्यक्ष राजेश उपाध्याय, पुरस्कारका प्रायोजकहरु युवराज भुसाल, अजित वर्मा, संदिप श्रीवास्तव र नगरका जनप्रतिनिधिले पुरस्कार, शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरे । प्रतियोगितामा वडा नं. २ का शिवकुमार मौर्यले म्यान अफ द सिरिज, वडा नं. १ का रियाज फकिरले बेष्ट ब्याटर र वडा नं. २ का मलिक गद्दिले बेष्ट बलरको पुरस्कार जिते । दिवंगत खेलाडीको सम्मानमा ६ वटा टिमबिच दुई समूहमा नकआउट प्रतियोगिता आयोजना गरिएको कपिलवस्तु क्रिकेट संघका कोषाध्यक्ष पदमराज श्रेष्ठले जानकारी दिए ।

दिवंगत खेलाडीको सम्झनामा संघले आयोजना गरेको प्रतियोगिता उदाहरणीय रहेको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । संघले आयोजना गरेको प्रतियोगिताका कारण नयाँ प्रतिभावान खेलाडी उजागर भएकाले अब संघले गाउँ गाउँ सम्म प्रतियोगिता आयोजना गर्न सुझाव दिंदै नगरले खेल आयोजनामा आवश्यक सहयोग गर्ने पौडेलले प्रतिबद्धता जनाए । दिवंगत खेलाडीको सम्झनामा खेल आयोजना गरिनु सह्रानीय भएको लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले बताए ।

खेलका कारण प्रतिभावान खेलाडीले अवसर पाएकोमा पाण्डेयले खुसी व्यक्त गरे । सो अवसरमा बोल्दै बिगतमा जिल्लाको क्रिकेट खेलमा योगदान पुर्याएका दिवंगत पदाधिकारी र खेलाडीको सम्झनामा आयोजित खेललाई भविष्यमा निरन्तरता दिईने कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले प्रतिबद्धता जनाए । प्रतियोगिता दिवंगत पुर्व पदाधिकारी बनारसीलाल वर्मा, दिवंगत खेलाडीहरु राजेन्द्र प्रताप शाक्य, दिपेन्द्र सिंह रावल, विजय शर्मा, धिरेन्द्र सिंह, कमल राना, रंजित अग्रहरी, रत्नेश गुप्ता, खगेन्द्र कार्की र श्रवण गुप्ताको सम्झनामा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?