Butwal Today

मन्त्रिपरिषद् बैठकः योजना आयोगमा ४ सदस्य नियुक्त

८ चैत्र २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ ।

सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा ४ जनालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ जनालाई आयोगको सदस्यमा नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेकी शर्माका अनुसार ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्रबहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई आयोगको सदस्य नियुक्त गरिएको हो।