ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पश्चिम नेपाल बस ब्यवसायी प्रालिमा अधिवेशनको रौनक

८ चैत्र २०८०, बिहीबार
८ चैत्र २०८०, बिहीबार

बुटवल, ८ चैत ।

नेपालकै ठुलो यातायात व्यवसायीहरुको संस्था पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.बुटवलको चौथो बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशन आगामी १६ र १७ गते बुटवलमा सम्पन्न हुने भएको छ । बि.सं २०२६ सालमा स्थापना भएको भएपनि प्रालिमा रुपान्तरित भएका कारण पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.बुटवलको चौथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन हुने भएको हो ।

हाल कुल २२ सय शेयर सदस्य रहेको तथा कम्पनी ऐन २०६४ अनुसार पश्चिम नेपाल बस ब्यवसायी संघबाट रुपान्तरित प्रा.लि.को हालै बसेको बैठकले अधिबेशन तथा साधारण सभा सम्बन्धी निर्णय गरेको अध्यक्ष दधिराम खरेलले बताए । अध्यक्ष खरेलका अनुसार बिगतमा पश्चिम नेपाल यातायात समिति, बस ब्यबसायी संघहुँदै प्रा.लिमा रुपान्तरित पश्चिम नेपाल बस ब्यबसायी प्रालिको चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनको तयारी अन्तिम चरण पुगेको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न हुने सो साधारण सभा तथा अधिवेशनको आवश्यक तयारी भैरहेको प्रालिका प्रबन्ध सन्चालक रामचन्द्र भुसालले जानकारी गराएका छन् । नेपालका नयाँशहर निर्माण, मुलुकको समृद्धि र बिकासमा यातायात क्षेत्रको भुमिका महत्वपुर्ण रहेको दावी भुसालको छ ।

प्रबन्ध संचालक भुसालका अनुसार पछिल्लो समय बिशेष रुपमा ब्यासायिक हकहित, सवारी ब्यवस्थापन र दुर्घटना न्यूनिकरणमा टेवा पुर्याउने उद्देश्यले बिभिन्न नीतिगत, बिधिगत र सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.को सो अधिवेशनले आगामी ३ बर्षका लागि नयाँ संचालक समिति चयन गर्ने छ । प्रालिले सार्वजनिक यातायात सेवालाई थप ब्यबस्थित र मर्यादित बनाउने कुरामा जोड दिईरहेको प्रालिका संचालक तथा लेखा संयोजक मोहन पिएसले बताएका छन् ।

प्रालिका संचालक एवं सवारी ब्यवस्थापन तथा दुर्घटना न्यूनिकरण समितिका संयोजक नारायण घिमिरेका अनुसार बिसं २०२६ सालमा पश्चिम नेपाल यातायात समितिको नाममा स्थापना भएको भएको सो पश्चिम नेपाल बस ब्यबसायी संघहुँदै आर्थिक बर्ष २०७५÷०७६ मा प्रालिमा रुपान्तरित भएको थियो ।

स्थापना कालदेखि नै ब्यावसायिक हकहित संरक्षणमा जोड दिँदै आएको प्रालिले विभिन्न समयमा उत्कृष्ट ब्यवसायी, लामो समयदेखि दुर्घटना नगरी सुरक्षित यात्रा गराउने उत्कृष्ट चालकहरु र संचार क्षेत्रबाट यातायातको क्षेत्रमा सहयोग पुर्याउने पत्रकार लगायतलाई पुरस्कृत एवं सम्मान प्रदान गर्दै आइरहेको संचालक घिमिरेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?