ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

लाइसेन्सका लागि निरोगिताको प्रमाणपत्रः लुम्बिनी प्रदेशमा हट्यो यातायात कार्यालयको सिण्डिकेट

८ चैत्र २०८०, बिहीबार
८ चैत्र २०८०, बिहीबार

बुटवल ।

लुम्बिनी प्रदेशमा लाईसेन्सका लागि लिइने निरोगिताको प्रमाणपत्रको सिण्डिकेट हटेको छ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) लिँदा चाहिने निरोगिताको प्रमाणपत्र जारी गर्दा हुँदै आएको सिन्डिकेट तोडेको हो ।

लाइसेन्सका लागि दरखास्त दिँदा नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै चिकित्सकबाट पनि निरोगिताको प्रमाणपत्र पेश गर्दा मान्य हुने निर्णय मन्त्रालयले गरेको छ । हाल यातायात कार्यालयहरुले निश्चित चिकित्सक तोकेर कार्यालय हाताभित्रबाटै निरोगिताको प्रमाणपत्र जारी गर्दै आएका छन् ।

उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) ले कुनै पनि सरकारी अस्पतालमा कार्यरत चिकित्सक वा नेपाल सरकारबाट मान्यताप्राप्त चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई निरोगिताको प्रमाणपत्र पेश गरेमा मान्य हुने निर्णय गरेको जानकारी दिए । उनका अनुसार यो निर्णय आगामी २०८१ साल वैशाख २ गतेदेखि कार्यान्वयन हुने छ ।

लुम्बिनी प्रदेश सडक सवारी यातायात तथा परिवहन ऐन २०७६ को परिच्छेद ४, दफा २८ को उपदफा २ मा दरखास्तवालाले चालक अनुमति पत्रका लागि तोकिएको दस्तुरसहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले निजको स्वास्थ्य परीक्षण गरी दिएको निरोगिताको प्रमाणपत्रको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने व्यवस्था छ ।

दरखास्तवाला सवारी चलाउन सम्भव छ कि छैन र ट्राफिक नियमको ज्ञान छ कि छैन जाँच्न लिखित परीक्षामा लिइन्छ । लिखित परीक्षामा पास भएकाहरुको सीप परीक्षण समेत गरेर लाइसेन्स वितरण गरिन्छ ।

त्यसका लागि यातायात कार्यालयहरुले टेन्डर खोलेर निश्चित स्वास्थ्य व्यवसायीलाई स्वास्थ्य परीक्षण गर्न दिने र त्यही स्वास्थ्य व्यवसायीको सिफारिसलाई मात्र मान्यता दिने गर्दै आएका थिए । कार्यालयले निश्चित चिकित्सक तोकेर लाइसेन्स आवेदकको निरोगिताको प्रमाणपत्र जारी गर्दा सिन्डिकेट भएको र आवेदक महँगो शुल्क तिर्न बाध्य भएको भन्दै आलोचनासमेत हुँदै आएको थियो ।

सेवाग्राहीको त्यही गुनासो सम्बोधन र ऐनमा भएको व्यवस्थालाई  कार्यान्वयन गर्ने क्रममा निरोगिताको प्रमाणपत्र जारी गर्ने नाममा हुँदै आएको सिन्डिकेट तोडेको मन्त्री थापा बताउँछन् । ‘स्वास्थ्य परीक्षणको नाममा ठूलो सिन्डिकेट थियो । त्यसलाई तोडेका छौं,’ उनले भने, ‘अब आगामी वैशाख १ गतेदेखि नयाँ लाइसेन्स लिँदा होस् वा वर्ग थप गर्दा होस् वा नवीकरण गर्दा होस् सरकारबाट मान्यताप्राप्त जोसुकै चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएको प्रमाणपत्र भए हुन्छ ।’

उद्योग तथा यातायात मन्त्रालयका सचिव उमेश ढुंगानाले पनि निरोगिताको प्रमाणपत्र जारी गर्ने क्रममा हुँदै आएको सिन्डिकेट तोडिएको बताए । ‘पहिले यातायात कार्यालयबाट टेन्डर हुन्थ्यो र त्यो टेन्डर पार्नेहरुबाट मात्र निरोगिताको प्रमाणपत्र जारी गर्ने व्यवस्था थियो,’ सचिव ढुंगानाले  भने, ‘त्यो एकप्रकारको सिन्डिकेट जस्तो थियो, अब तोडियो । यो नयाँ निर्णय आउँदै गरेको नयाँ वर्षबाट लागू हुन्छ ।’

अबदेखि नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर प्राप्त जुनसुकै (चाहे सरकारी होस् वा निजी) चिकित्सकको छाप र हस्ताक्षर भएको निरोगिताको प्रमाणपत्रलाई मान्यता दिन सबै यातायात कार्यालयमा परिपत्र पनि गरेको सचिव ढुंगानाले बताए ।

यसअघि, मन्त्री थापाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने क्रममा सवारी साधन स्वेच्छिक रुपमा प्रयोग गर्न पाउनुपर्ने निर्णय कार्यान्वयन गराएका थिए । यो कार्यान्वयन भएपछि सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीले ट्रायल सेन्टरकै सवारी साधन निश्चित शुल्क तिरेर प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?