ट्रेंडिंग:

>> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण

‘गिद्धे सिमल’ मा गिद्ध भेटिंदैनन् अचेल

८ चैत्र २०८०, बिहीबार
८ चैत्र २०८०, बिहीबार

पाल्पा, ८ चैत ।

तानसेन नगरको दमकडा माथि अँधेरी छरछरे सामुदायिक वन छ । त्यही वनको बिचको खोल्सामा एउटा ठूलो सिमलको रुख छ । त्यही रुखमा अत्यधिक मात्रमा गिद्ध बस्ने भएका कारणले हाम्रो पूर्वजहरुले त्यस सिमलको रुखलाई गिद्धे सिमल भनेर नामाकरण गरे । जसलाई आज पनि स्थानीय बासिन्दाहरुले गिद्धे सिमल भनेर भन्छन् । आज यो सिमलमा गिद्ध मात्र होइन कुनै पनि पंक्षीहरुको बास छैन ।

यस्ता ठुला ठुला रुखहरुलाई बासस्थान बनाएका कारण रुखहरुको नाम पनि पंक्षीहरुलाई जोडेर नामाकरण गरिने चलन थियो । बाँसटारी–झडेवा सडक खण्डको दमकडा नजिकको सडक किनारामा रहेको ठूलो पिपलको नाम पनि गिद्धे पिपल भनेर चिनिन्छ । त्यही पिपल आज पंक्षी बिनाको नाम मात्र भएको बुद्धराज बस्याल बताउँछन् ।

पहिले पहिले सबैका घर घरमा वस्तु भाउहरु हुन्थ्यो । त्यतिबेला ठूलो संख्यामा गिद्ध हुन्थे । हिउँदको समयमा मध्य दिनमा ठूलो संख्यामा आकाशमा गिद्ध उडेको देखिन्थ्यो । त्यो दृश्यले मानव जातिसंग पंक्षीहरु कति नजिकको सम्बन्ध रहेछन् भन्ने बुझिन्छ । तर आज भोलि कति पंक्षीहरु लोप हुने अवस्थमा रहेका छन् । आज भोलि गिद्ध मात्र होइन अन्य पशुपंक्षीहरुलाई देख्नको लागि चिडियाघरमा जानु पर्छ ।

मरेका वस्तुहरु खाने भएकाले गिद्धलाई प्रकृतिक कुचिकार पनि मानिन्छ । आजभोलि गिद्धलाइ आहारको समस्या भएका कारणले उनीहरु हराउन पुगेको पुराना पुस्ताको बुझाई रहेको छ ।

आफ्नो टोल छिमेकमा वस्तुहरु मरेको खण्डमा अन्यत्र फ्याँक्न नपाइने, त्यसको व्यवस्थापन वन समूहले गर्ने गरी पशु धनीलाई पाँच सय दिने गरी सिमल नजिक पm्याँकी दिने जसले गर्दा गिद्धलाई आहारा सहज होस् भन्ने उद्देश्य थियो । यसरी दुई वर्ष धानियो । पछि पछि गिद्धको संख्या पनि कम हँुदै गयो । सबैका गोठहरु पनि रित्तियो अहिले गिद्धे सिमलमा गिद्ध नै नभएको बस्याल बताउँछन् ।

पुराना पुस्ताका बस्यालले बताए जस्तै यतिखेर गाउँबस्तीमा पहिले जस्तै पशुपालन गर्ने नै छैनन् । बासस्थान भन्दा आहारको कमी भएका कारण हराउन पुगेको स्थानीयहरुको बुझाई रहेको छ । यसरी ठुला ठुला रुखहरुमा बस्ने ठुला पंक्षीको रुपमा लिइने गिद्ध जिल्लाका अधिकांश गाउँ बस्तीमा पाइन्थे तर आजभोलि सबै एकादेशको कथा जस्तै भएको छ । तानसेनको श्रीनगर क्षेत्रका सामुदायिक वनमा हिउँदको याममा खैरो प्रजातिको हिमाली गिद्ध ठुुलो संख्यामा दिउँसो घाम तापेको देखिन्थ्यो । अस्थायी ल्याण्ड फिल्डमा आहार खोजेर घाम तापेको बखतमा ठूलो संख्यामा भेटिन्थ्यो तर यहाँ विद्युतका तारहरु यिनीहरुका अभिशाप भए । तारमा ठोकिएर मर्न लागेपछि यिनीहरु आउन छाडेको स्थानीय खेम बहादुर कार्की बताउँछन् ।

विगतमा वन कार्यालयले यस्ता पंक्षीहरुको संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समिति मार्फत जनचेतनाको कार्यक्रम संचालन गरेको थियो । हाल सम्म रामपुर नगर क्षेत्रको कालीगण्डकी नदी किनारको सामुदायिक वन प्रभावित भएको छ । यहाँ यही गिद्धको लागि अवलोकन, अध्ययनको लागि टाढाटाढा बाट प्रर्यटनहरु आउने गर्दछन् । यस वनमा गिद्धको बासस्थान संगै आहाराको राम्रो व्यवस्था भएका कारण यहाँ गिद्धको संख्या बढ्दो अवस्थामा रहेको डिभिजन वा कार्यालयका सहायक अधिकृत रामचन्द्र लामा बताउँछन् ।

डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराईका अनुसार जिल्लामा सुन, डंगुर, सानो खैरो, सेतो हिमाली हाडफोर, राज र खैरो गरी आठ प्रकारका गिद्धका प्रजातीहरु पाइन्छन् । तर पछिल्लो समयमा मानव सिर्जित वातावरण प्रतिकुल समस्याका कारण यिनीहरुलाई समेत संकट उत्पन्न भयो ।

मानिसहरुले पशुपंक्षी बिरामी भएको खण्डमा डाइक्लोलेनेक, निमोसिनाइड, एसिक्लोफेनक नामक औषधिको प्रयोग गर्न थाले । यस्ता औषधि प्रयोग गरेका पशु परेपछि पनि गिद्धले खाए भने गिद्ध नै मर्न लागेका छन् । यस्ता औषधिको प्रयोगका कारण गिद्ध मर्न लागेपछि जिल्लामा यस्ता औषधिहरु पूर्णरुपले बन्देज लगाएको प्रमुख भट्टराई बताउँछन् ।

पंक्षी संरक्षण संघका प्राविधिक तथा गिद्धका विषयमा जानकार भुपाल नेपाली भन्छन् पाल्पामा पाइने गिद्धहरु मध्ये डगुंर, सुन सानो खैरो प्रजातिका गिद्धहरु अति संकट अवस्थामा परेका छन् । सेतो, हिमाली, हाडफोर, र राज संवेदनशील अवस्थामा रहेका छन् भने खैरो गिद्धको जत्था नै कम रहेको छ । ठूलो अति शक्तिशाली र पृथक स्वाभावका पंक्षीका रुपमा लिइने गिद्धको संरक्षणको लागि सरकारी तथा गैह््र सरकारी क्षेत्रबाट मात्र नभई समुदाय तहबाटै पहल गरिनु पर्दछ । यसको जनचेतना नै मुख्य विषय हो । यो दुर्लभ हुँदै गयो । वर्षमा एक पटक मात्र फुल पार्ने, त्यो पनि एकवटा मात्र भएका कारण यसको संरक्षणका लागि बालबालिकाको पाठ्य पुस्तकमा नै यसको महत्व र विषय समावेश गरिनु पर्ने नेपाली बताउँछन् ।

हावापानी भुगोलका हिसावले गिद्धका लागि अत्यन्तै उपयोगी भुभाग भएपनि पछिल्ला दिनहरुमा पशुपालन गर्नेहरु अत्यन्तै कम भएका छन् । गोठमा भैसी मर्न नै छाडे । दुध दिन छाडेपछि मासुका लागि प्रयोग गरिन थालियो । यस्ता प्रचलनहरुले पनि गिद्धको आहार सारै कम भएको कारण यिनीहरु क्रमिक रुपमा हराउँदै गए । यस्ता गिद्ध संरक्षण गरिएको खण्डमा भोलिका दिनहरुमा हाम्रा सन्ततिहरुले विदेशी मुद्रा आर्जन गर्न सक्ने बलियो माध्यम हुने पुराना पुस्ताको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?