© 2026
काठमाण्डौ, ७ चैत्र। ब्यवसायिक खेलाडी र खेल क्षेत्रको सुधार गर्न खेलाडीहरुले युवा तथा खेलकुदमन्त्रीलाई ध्यानाकषर्णपत्र बुझाएका छन । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई ७ बुँद ध्यानाकर्षण तथा सुझावपत्र बुझाएका हुन ।
राष्ट्रको खेलकुद क्षेत्रको अभिभावकका रुपमा रहेको युवा तथा खेलकुद मन्त्रालयबाट खेलाडीहरूले ठूलो आशा र भरोसा राखेको भन्दै खेल क्षेत्रमा प्राथमिकताको विषय ध्यानाकर्षण गराएको संघका अध्यक्ष दीपक श्रेष्ठले बताए । ‘मन्त्रीज्यूको कार्यदक्षता र कार्यकुशलताले सफलता पाउने हाम्रो विश्वास छ ।’—उनले भने । १९ औं एसियाली खेलुकद र चौथो एसियाली पारा खेलकुदसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीको लागि घोषणा गरिएको पुरस्कार तत्काल दिने व्यवस्था मिलाइनुपर्ने पहिलो बुँदामा समेटिएको उनले बताए ।
राज्यले लगानी गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता पाएका खेलाडीको संरक्षण गर्न नसक्दा दिनानुदिन पलायन हुनुपर्ने समस्यालाई निराकरण गर्न तत्काल ठोस योजना बनाउनुपर्ने, निजी क्षेत्रको सामाजिक उत्तरदायित्व कोषमा रहेको रकम खेल क्षेत्रमा प्रयोगमा ल्याउन सकिए निजी क्षेत्रसमेत खेलकुदमा आकर्षित गर्नका लागि व्यवस्था मिलाइनुपर्नेलगायत सुझाव समेटिएको छ ।