Butwal Today

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

७ चैत्र २०८०, बुधबार
अ+
अ-

काठमाडौं, ७ चैत । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनियम दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९६ पैसा थियो ।

त्यस्तै, आजको लागि युरोपियन यूरो १ को खरिदर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा थियो।

त्यसैगरी, आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३८ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३८ पैसा थियो ।