ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

कपिलवस्तुका युवालाई प्रहरी जवान तयारी तालिम

६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार

कपिलवस्तु, ६ चैत्र। कपिलवस्तु जिल्लाका दुई पालिकाहरुमा पहिलोपटक प्रहरी जवान प्रशिक्षण तालिम दिईएको छ । सेतो गुलाब सामाजिक संस्था कपिलवस्तुको आयोजनामा महाराजगंज नगरपालिका र बुद्धभुमी नगरपालिकाबाट नेपाल प्रहरीको जवान पदमा आवेदन दिएका ७० युवालाई निःशुल्क पुर्व तयारी प्रशिक्षण तालिम दिईएको हो । सामाजिक संस्था तर्फबाट हालसम्ममै पहिलो पटक आयोजना गरेको तालिममा आवेदकहरुलाई शारिरीक तथा लिखित परिक्षामा सबल बनाउने गरि ५ दिने पुर्व तयारी प्रशिक्षण तालिम दिईएको संस्थाको दाबी छ । तालिममा पुर्व प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सुरक्षा संगठन बिभागका प्रमुख बिक्रम सिंह थापाले प्रमुख प्रशिक्षकको रुपमा तालिम दिएका थिए । यसैगरि डोर बहादुर कुवर क्षेत्री र दिनेश चौहान प्रशिक्षक थिए । तालिम अबधीमा ईनडोर तर्फ सेटप, पुसअप, चिनअफ, हाईजंप, लङ्गजंपको प्रयोगात्मक अभ्यास प्रशिक्षक डोर बहादुर कुवर क्षेत्री गराए । त्यसै गरि अप्टेकलको बारेमा दृश्य मार्फत प्रशिक्षीत गराईएको थियो । प्रशिक्षणका कारण प्रशिक्षार्थीले शारिरीक परिक्षा तर्फको पोजिशनहरु सगै छनौट प्रक्रियामा कति पटक शारिरीक व्याम गर्नु पर्ने भन्ने बिषयमा आधारभुत जानकारीहरु प्राप्त गर्न सकेको प्रशिक्षक क्षेत्रीले बताए ।

ईन्डोर प्रशिक्षण तर्फ सामान्य ज्ञान, बौद्धिक परिक्षण, गणित, अंग्रेजी र नेपाली व्याकरण बारेको प्रशिक्षण प्रशिक्षक दिनेश चौहानले गराएका थिए । जसबाट प्रशिक्षार्थीहरुमा अध्ययनको सिप, उत्तर लेखन खण्ड, टिक मार्कमा माईनस मार्किङ्गको जानकारी, प्रश्न अनुसार समय र अंकभार सगै लामो तथा छोटो उत्तर लेख्ने सिप बिकास भएको चौहानले बताए । तालिममा ६ महिला सहित ७० युवाहरुको सहभागीता रहेको थियो । दोस्रो पटक प्रहरी जवान पदमा आवेदन दिएकी बुद्धभुमी नगरपालिका १० चेतरादेईकी प्रशिक्षार्थी कविता खड्काले तालिमका कारण आफुहरुको सिप बिकास सगैं आत्मबल बढेको बताईन । त्यसै गरि तेस्रो पटक प्रहरी जवान पदमा आवेदन दिएका महाराजगंज ३ का प्रशिक्षार्थी ईन्द्रदेव लोनियाले आफुले बिगतका त्रुटीहरु सुधारेर अब सफल हुनेमा बिश्वस्त रहेको बताए ।

संस्थाका अध्यक्ष समेत रहेका पुर्व प्रहरी बरिष्ठ उपरिक्षक बिक्रम सिंह थापाले यस क्षेत्रका आवेदकलाई तालिम मार्फत शारिरीक व्याममा सबल र लिखित परिक्षामा सफल बनाउने उद्धेश्यले तालिम गराईएको जानकारी दिए । देश भित्र रोजगारीको अभाव र वैदेशिक रोजगारीको बढ्दो प्रभावका बिच युवालाई मातृभुमीको संरक्षणमा योगदान पुर्याउन तालिमले सहयोग पुग्नेमा उनले बिश्वास व्यक्त गरे । पिछडिएको क्षेत्रमा सामाजिक संस्थाको आयोजनामा निशुल्क तालिम पहीलो पटक भएको दावी गर्दैै सुरक्षा निकायमा मधेसको सन्तुलन मिलाउन समेत तालिमको आवश्यकता हुने उनको भनाई थियो । “म प्रदेशसभा सदस्यको उम्मेदवार हुदाँ मधेसका युवामा प्रहरी प्रतिको बढि आकर्षण देखें । त्यस पछि यस्ता तालिम चलाउने प्रतिबद्धता नै गरेको थिए । जुन अहिले दुई पालिकामा शूरुवातको प्रयास गरेको छु ।” उनले भने । संघिय संरचनामा गएको प्रहरीको संरचनामा मधेसका युवाहरुको गणको नै आवश्यकता रहेको दर्शाउदै ति युवालाई प्रहरीमा समेट्न सकिए सुरक्षा, बिपद र आगजनी सगै शान्ति सुरक्षा कायम गर्न समेत थप सफलता मिल्ने उनले अनुभव सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?