Butwal Today

कांग्रेसद्वारा गृहमन्त्रीमाथि छानवीन गर्न संसदीय समिति माग

६ चैत्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौं,६ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरेर छानवीन गर्नुपर्ने माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्न पर्याप्त प्रमाण भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले रविमाथि छानवीन गर्न प्रमाण नभएको बताएपछि यो भनाइमा असन्तुष्टि जनाउँदै कांग्रेसले पर्याप्त प्रमाण भएको दाबी गरेको हो।

प्रधानमन्त्रीजीले कुनै प्रमाण छैन भन्नु भएको छ तर पर्याप्त प्रमाण छन् भन्दै लेखकले संसदीय छानबिन समिति गठन गर्न आग्रह गरेका छन्।
‘म चुनौती दिन चाहन्छु, प्रधानमन्त्री प्रमाण छैन भन्दै हुनुहुन्छ। म प्रमाण छ भन्दैछु। यही सदनभित्र छानबिन समिति गठन गरौं। प्रमाण छ कि छैन त्यो पनि हेरौं– उनले भने।

उनले प्रधानमन्त्री दाहाललाई नै गलत जानकारी दिइएको भन्दै चिन्ता व्यक्त गरेका छन्।  कांग्रेसले प्रतिनिधि सभा बैठकका कामकारबाहीलाई अवरोध गर्न नचाहेको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?