ट्रेंडिंग:

>> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन

औषधि—उपचारमा ‘सप्लीमेन्ट्रीको धन्दा’

चिकित्सकहरुले बिरामीलाई आवश्यक भन्दा अन्य धेरै फार्मस्युटिकल बनावटका खाद्यपुरक नाममा औषधिपुरक न्युट्रास्युटिकल ट्याबलेट, क्याप्सुल, झोल तथा सौन्दर्यका सामग्रीहरु औषधिको रुपमा थपाईदिने गरेको पाइएको छ ।
६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार

बुटवल, ६ चैत । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी एक जना बिरामीको लागि चिकित्सकले लेखेको सिफारिस (प्रेसक्रिब) मा बिरामीको लागि जम्मा ७१ रूपैयाँको लागि मात्रै औषधी थियो त्यससँगै थियो सप्लीमेन्ट्री लगायतका कुल ११७५ रूपैयाँको औषधी ।
बिरामीले मात्रै ७१ रूपैयाँको औषधी खाएर निको हुने भएपनि चिकित्सकले १ हजार १ सय ४ रूपैयाँ बढिको अन्य बस्तु किन्न लगाएका थिए । नाम नबताउने सर्तमा एक स्वास्थ्यकर्मीले बुटवल टुडे संग भने औषधी भन्दा बढि अन्य सामान किन्न लगाएको छ । सामान्य धनी वर्गको लागि १ हजारका सामान सामान्य भएपनि गरिब, पहाडी जिल्लाबाट ऋणधन गरेर आएका बिरामीहरूको लागि यो बोझ हो । उनी थप्छन्,–‘डाक्टरबाट नै बिरामी पीडित छन्, पढेलेखेका हुँदैन्न जानकारी नहुँदा बिरामी नै समस्यामा छन् ।’

यो एउटा उदाहरण मात्रै हो । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल मात्रै होईन, यो धेरै निजी अस्पाताल तथा क्लिनिकहरूमा सेवा दिने अधिकांस चिकित्सकहरूले औषधी भन्दा बढि सप्लीमेन्ट्री लगायतका बस्तु बिरामीलाई ‘थोपार्ने ’ गरेको पाइएको छ । जुन काम गैरकानूनी हो । यसरी चिकित्सकहरूले बिरामीलाई अनावश्यक भन्दा अन्य धेरै फार्मस्युटिकल बनावटका खाद्यपुरक नाममा औषधीपुरक न्युट्रास्युटिकल ट्याबलेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रशासनका सामग्रीहरू औषधीको रूपमा दिँदै आएको पाइएको हो ।

यसरी मेडिकलमा औषधी विभागमा दर्ता नै नभएको, अनुज्ञा पत्र नै नलिएका बस्तुहरू बिक्री वितरण भएको जानकारी पाएपछि नेपाल सरकारको औषधि व्यवस्था विभाग गत फागुन २२ गते सूचना नै प्रकाशन गरी खाद्यपुरक बस्तु बिक्री वितरणमा रोक समेत लगाएको छ । विभागले जारी गरेको सूचना अनुसार औषधि ऐन, २०३५ को दफा १०(क) बमोजिम सोही ऐनको दफा १० बमोजिम औषधि बिक्री–वितरण गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८ (क) बमोजिम विभागमा दर्ता रहेको औषधि मात्र बिक्री–वितरण गर्नुपर्ने कानूनी व्यवस्था रहेकोमा विभागबाट बजार अनुगमन तथा निरीक्षण गर्दा विभागमा दर्ता नभएका फर्मास्युटिकल बनावटका खाद्यपुरकका नाममा औषधिपुरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रशाधन सामग्रीका नाममा औषधि मिश्रित आइन्मेंट, क्रिम आदि औषधिहरू थोक तथा खुद्रा औषधि पसलहरूबाट बिक्री–वितरण गरेको भेटिएको हुँदा यस्ता उत्पादनहरूको बिक्री–वितरण गर्ने उपर विभागले कारवाही गरेको जानएको हो ।

निरीक्षणको क्रममा अझै पनि यस्ता उत्पादनहरू बिक्री वितरण भइरहेको पाइएकोले यस्ता औषधिहरूको बिक्री–वितरण अविलम्ब रोक्न विभागले सूचना समेत जारी गरेको थियो । यसरी यस्तो नभएका फर्मास्युटिकल बनावटका खाद्यपुरकका नाममा औषधिपुरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रशाधन सामग्री र औषधि मिश्रित आइन्मेंट, क्रिम बिक्री भएको पाइएमा कारबाही हुने समेत विभागले जनाएको छ । यद्यपी बुटवल लगायतका क्षेत्रका यसको पूर्ण कार्यान्वन्वय भएको पाइएको छैन । विभागले कुनै पनि समयमा बिक्री–वितरण गरेको पाइएमा कानून अनुसार जफत तथा कारबाही समेत गर्ने जनाएको छ ।

यो विषयमा रूपन्देही लगायतका विभिन्न स्थानमा विभागको जतिबेला पनि अनुगमन हुन सक्ने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान “राष्ट्रिय ट्रमा सेन्टर’ गत फागुन १६ गते खाद्यपूरक सामाग्रीहरू (न्यूट्रास्यूटिकल) सिफारिस नगर्ने परिपत्र नै जारी गरेको छ । देशभरका सबै चिकित्सक र स्वास्थ्यकर्मी, सबै विभाग/युनिटलाई पत्राचार गरी औषधी व्यवस्था विभागवाट ‘डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल गैरकानुनी रूपमा आयात गरी औषधी पसलवाट फर्मास्युटिकल वनावट ( ट्याबलेट/क्याब्सुल / सिरप) गैरकानुनी रूपमा विक्री वितरण भएकोले यस्ता औषधी पैठारी, बिक्री वितरण, सञ्चय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न गरेको परिपत्र अनुसार सूचना जारी गरी ट्रमा सेन्टरले औषधी व्यवस्था विभागमा दर्ता/स्वीकृत भएका अत्यावश्यक वाहेक कुनै पनि खाद्यपूरक सामाग्रीहरू (न्यूट्रास्युटिकल) सिफारिस नगर्नु/नगराउनु हुन भन्दै परिपत्र जारी गरेको हो । सेन्टरका प्रमुख मेडिकल सुपेरिन्डेन्ट डा. बद्रि रिजालले परिपत्र जारी गर्दै यो विषयमा रिफारिस भएको पाइएमा काराही समेत गरिने जानकारी समेत दिएका थिए ।

विभागको परिपत्र पछि कोशी अस्पताल बिराटनगर लगायतका अस्पतालहरूले यसको बिक्री वितरणमा रोक लगाउन, चिकित्सकलाई न्युट्राईटिस को सिफारिस नगर्नको लागि आग्रह गरेको हो । यद्यपी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताले भने यो हिम्मत गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?