ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

‘इण्डो नेपाल’ गण्डक मार्ग

६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार

नवलपरासी, ६ चैत । हालै पहिचानमा आएको जिल्लाको पाल्हीनन्दन गाउँपालिको प्राचीन नन्दन नगर र नन्दन ताललाई जोड्दै इण्डो—नेपाल गण्डक मार्गको माग उठेको छ । ती स्थानलाई मुख्य मार्गसँग जोड्न भारत भएर मधेश प्रदेशको विरगँजसम्म जोड्ने ‘नेपाल–भारत गण्डक मार्ग अर्थात (इण्डो–नेपाल गण्डक मार्ग) को स्वरूप दिन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना)ले संघिय सांसद र प्रदेश सांसदसँग माग गरेकी हुन् ।

पूर्व गृहराज्यमन्त्री देवेन्द्र राज कण्डेलको निवासमा भएको संघीय साँसद विनोद चौधरी तथा लुम्बिनी प्रदेश साँसदद्वय देवकरन कलवार र बैजनाथ जैसवाल सहितको जनप्रतिनिधिहरूको अनौपचारिक छलफलमा उनले सो कुरा उठाएकी हुन् । गण्डक सम्झौता अनुसार गण्डक ब्यारेजबाट नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणाली र नेपाल गण्डक पूर्र्वी गण्डक सिंचाई प्रणालीको सेवा सडक अर्थात सर्भिस रोडलाई स्तरोन्नती गरि सार्वजनिक यात्रुबाहक यातायात सञ्चालन गर्नका लागि सो मार्ग सहज हुने देखिएका कारण त्यसका लागि पहल गर्न माग गरेकी बताईन् । नेपालको संघिय सरकारले भारतिय अधिकारीसँग पहल गरेर इण्डो नेपाल गण्डक मार्ग बनाउनका लागि आफूले संघिय सरकार तथा प्रदेश सरकारका साँसदसँग कुरा उठाएको र त्यसका लागि साँसदबाट पनि पहल हुनेमा आफू विश्वस्त रहेको जानकारी गराईन् ।

गण्डक ब्यारेजबाट भारतिय भूमि भएर पुर्वि नहर नेपालको बारा पर्सा र रौतहटसम्म सिंचाईका लागि नहर पुगेको छ । नहरको किनार हँदै सडक पनि रहेको छ, उनले भनिन्, त्यसमा साना खालका यात्रुबाहक बाहनहरू सञ्चालन हुन सक्छन्, त्यसका लागि छुट्टै सडक बनाउनु पर्दैन् । गण्डक ब्यारेज देखी पाल्हीनन्दन ६ स्थित प्राचीन नन्दन नगर र ताल जोड्न ३२ किलोमिटर नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणालीको पनि सडक बनिबनाउ रहेको छ । ती सडकलाई स्तरोन्नती गरि पिच मात्रै गरिदिएमा सवारी साधन सहज ढंगले सञ्चालन हुन सक्छ ।
सो नगरबाट सिधै रोहिणी गाउँपालिकाको धकधई हुँदै भैरहवासम्म आवतजावत गर्नका लागि पनि ग्रामिण सडकहरू रहेका छन् । ति सडकहरूको पनि स्तरोन्नती गरिदिएर भैरहवा–धकधई–प्राचीन नन्दननगर–गण्डक ब्यारेज पुग्ने छ । गण्डक ब्यारेजबाट भारतिय भुमि भैसालोटन (बाल्मिकीनगर) भएर पूर्वी नहर पर्साको विरगंजसम्म जान्छ, उनले भनिन्, यसले गर्दा यस भेगका लाखौं जनमानसलाई आवत जावतका लागि पूर्वपश्चिम राजमार्गको सयौँ किलोमिटरको दुरी घट्छ ।

सो मार्ग बनाउन सकियो भन्ने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, भारतको विहार प्रदेशलाई जोड्दै दुई देशिय मार्ग बन्छ, उनले भनिन्, दुबै ब्यापारिक केन्द्र भैरहवा र विरगँजलाई छोटो दुरीले छुनेछ । सडक पहुँचले पछाडी परेको नेपाल भारतका ग्रामिण बस्तीमा पनि आवागमन हुने र विकासका अन्य पुर्वाधार बन्दै जाने हुदा विकासको ठूलो आधार हुने उनको भनाई थियो । रोहीणी देखी नन्दन नगरसम्मको दुरी ९ किलोमिटर रहेको छ । नन्दन नगर देखी नेपाल गण्डक पश्चिमी नहर लम्बाई गण्डक ब्यारेजसम्म ३२ किलोमिटर रहेको छ । जुन नेपाल मित्र पर्छ । गण्डक ब्यारेज देखी विरगँजसम्मको पुर्वि नहरको लम्बाई १ सय १९ किलोमिटर रहेको छ । जुन अधिकाँस भाग भारतको विहारको पश्चिम चम्पारन र पुर्वि चम्पारनमा पर्छ । त्यस मध्ये ९ किलोमिटर नेपालकै भुमिमा प्रवेश गरि विरगँज पुग्न सकिन्छ । सो मार्ग खुलाउनका लागि स्थानि स्तरबाट पनि पहल गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुख मार्फत पहल गर्न आवश्यक रहेको उपाध्यक्ष सकिनाको भनाई थियो । यसरी पुरै मार्गको लम्बाई १ सय ६९ किलोमिटर रहेको छ ।
उपाध्यक्षले प्रस्ताव गरेको उतm इण्डो नेपाल गण्डक मार्गले पाल्ही नन्दन गाउपालिकाको मात्रै नभई,सरावल,वर्दघाट,सुस्ता गाउपालिकाको दर्जनौ गाँउलाई जोड्ने हुदा यसमा सबैले पहल गर्नु पर्ने आवश्यकता पाल्हीनन्दन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । यसले पाल्हीनन्दनका धेरै गाँउलाई जोड्दै पर्यटकिय क्षेत्र नन्दन नगर र गाउपालिका मुख्यालय सहज ढंगले जोड्ने उनको भनाई थियो । केही समस्या त स्थानिय अधिकारीको समन्वयमा पनि हल हुन सक्ने बताउदै दुई देशसँग पहल गर्नु पर्ने कुराका लागि संघिय साँसदले पहल गर्नु पर्छ । भारतीय भुमि हुदै विरगँज पुग्ने सडकका लागि भारतिय अधिकारी र गण्डक परियोजना अन्तरगतको भु आर्जन तथा सम्पर्क अधिकृत(लाईजन)सँग समन्वय गरेर केही दिनमा भेट्ने योजना समेत रहेको जिल्ला समन्वय प्रमुख भगौती यादव(रुदल)ले बताए । विगत देखी यस्ता कुरा उठ्ने गरेको छ, उनले भने,तर समयको तारतम्य नमिल्दा भेट्न जान सकिएको छैन् । त्यसका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

सडक स्तरोन्नतीका लागि त संघिय र प्रदेश साँसदहरूले नै जिम्मेवारी लिई काम गर्नु पर्ने उनले राय ब्यतm गरेका थिए । दुई देशका जनताको लाभका लागि यस्तो अवधारणा आउनु सकारात्मक रहेको छ, उनले थपे, पहिला त स्थानिय अधिकारी समक्ष कुरा पुर्याउन पर्यो,त्यसको निकासका लागि केही न केही विकल्प अवश्य नै दिन सक्छन् । हामीले सम्भावनाको खोजी गर्ने हो,सम्भावना छ,त्यसका लागि सबैले अ आफ्नो स्थानबाट पहल गर्नु पर्छ । काठमाडौँबाट दिल्लीका लागि नेपाल भारत मैत्री यातायात सञ्चालन हुन सक्छ र सञ्चालन पनि भई नै रहेका छन्, जिसस प्रमुख यादवले दृष्टान्त प्रस्तुत गर्दै भने, भारतिय सवारी साधन पनि सुरक्षा जाँचपाँस गराएर भैरहवासम्म आउन सक्ने र नेपाली सवारीसाधन पनि भारतमा जाँसपास गराई विरगँजसम्म पुग्न सक्छ । यसका लागि प्रकृया कहाँबाट ? र कसरी शुभारम्भ गर्ने हो ? त्यसका लागि छ्ट्टिै आफुले भारतिय अधिकारीहरूसँग भेटघाट गरि छलफल अगाडी बढाउने बताए । यसले नेपाल भारतको पर्यटन देखी आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?