Butwal Today

दुर्गा प्रसाईका बडिगार्ड सर्वोच्च अदालत परिसरबाट पक्राउ

५ चैत्र २०८०, सोमबार
अ+
अ-

काठमाडौं,५ चैत । दुर्गा प्रसाईका बडिगार्ड सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन् ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।

सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको थियो । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।