ट्रेंडिंग:

>> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

गर्मीसँगै डढेलोले निम्त्याउँदै क्षति

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

हरेक वर्ष गर्मीयाम शुरू भएसँगै आगलागीका घटनामा ठूलो जनधनको क्षति हुने गरेको छ । यो बर्ष गर्मी सुरु नहुँदै आगलागीका घटना सुरु भएका छन । पाल्पा जिल्लाको रिब्दीकोट ४ भैरवस्थान नजिक भएको आगलागी तीन दिन अघि मुस्किलले नियन्त्रणमा आएको छ । पूर्व भोजपुरको एक गाउँ नै सखाप हुनेगरी आगलागी भएको छ । नेपालगञ्जमा भएको आगलागीले करोडौंको क्षति पुगेको छ । शनिवार रातीमात्रै रंगेलीमा भएको आगलागीमा तीन बालबालिकाको मृत्यु भएको छ । २५ घर परिवार आगलागीको चपेटामा परेका छन । यस प्रकारका घटनामा पछिल्लोसमय मानवीय क्षति बढ्दै गएको छ । भोजपुरको हतुवागढी गाउँमा आगलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ । गर्मी सुरु नहुँदै सुरु भएका आगलागीका घटनाले चिन्ता थपेको छ । आगलागी न्यूनीकरणका लागि बेलैमा सचेतना नअपनाउँदा ठूलो घटनाको रूपमा देखिने गरेको छ । आगलागीका कारण निजी सम्पत्ति मात्र हैन, सार्वजनिक स्रोत–साधनको समेत नोक्सान हुने गरेको छ । विशेषगरी फागुनदेखि जेठसम्म हावाहुरीका साथै मौसमी तापक्रम बढ्ने भएकोले यो समयमा आगलागीका घटना धेरै हुने गरेको छ । आगलागीका घटनामा क्षति बढ्नुमा समय–समयमा पानी नपर्नु, पानीका मुहान सुक्दै जानु, अव्यवस्थित बसोबास बढ्नु, आगलागीपछि तत्काल नियन्त्रणको लागि सक्रियता बढाउन नसक्नु, सीमित स्रोत–साधनको भरमा आगो नियन्त्रणको प्रयास गर्नुपर्ने बाध्यतजस्ता थुप्रै कारण छन् । विगतमा भएको आगलागीका घटनालाई केलाउने हो भने धेरैजसो सानो मानवीय गल्तीका कारण आगलागी हुने गरेको पाइन्छ । गाउँघरमा खाना पकाइसकेपछि लापरबाही तरिकाले आगो छोडिदिने, गोठमा गाईवस्तुको सोतर सफा नगरी कुँडो पकाउने र आगोलाई त्यत्तिकै छोडिदिने, खेतबारीमा झाडी सफा गर्ने नाममा जथाभावी आगो बाल्ने, राम्ररी घाँस पलाउँछ भनेर कान्लामा आगो लगाउने, अरिङ्गाल पोल्नेजस्ता कार्य गर्दा आगो फैलिएर अनियन्त्रित भएको पाइन्छ ।

पछिल्लो समय विद्युत् प्राधिकरणले विद्युतको पोल तथा लाइनको नियमित मर्मतसम्भार नगर्दा पनि कतिपय ठाउँमा विद्युत् सर्ट भई आगलागीका घटना हुने गरेको छ । साथै बाक्लो बस्तीमा अव्यवस्थित फर्निचर उद्योगहरू सञ्चालन हुँदा पनि आगलागीका घटनामा धेरै नोक्सानी भएको छ । साँगुरो बाटो, बाक्लो बस्ती, समयमा अग्निनियन्त्रक यन्त्र पु¥याउन नसक्नुको कारणले पनि शहरी क्षेत्रमा आगलागीले बढी क्षति पु¥याएको छ । यस विषयमा पनि अव सचेतनामात्रै होइन नियन्त्रणको उपायको आवश्यकता छ । अर्को कुरा, आगो नियन्त्रणका लागि पानीको समस्या प्रमुखरूपमा गाउँ–शहर जताततै रहेको छ । धेरैजसो आगलागीका घटना सानो मानवीय गल्तीका कारण हुने भए पनि आमनागरिक सचेत हुन सकेका छैनन् । घटना घट्नुअघि नै सचेतना अपनाई आगलागीका घटनाबाट बर्सेनि हुने ठूलो जनधनको क्षति न्यूनीकरण गर्नुपर्छ । खासगरी अहिले हरेक पालिकामा बारुणयन्त्रको व्यवस्था गरिएको छ । बारुणयन्त्र नभएका पालिकाहरूले समेत गर्मी याममा बारुणयन्त्रको व्यवस्था गर्नुपर्दछ । फागुनको अन्तिम र चैतको सुरुवातमै भैरहेका यस प्रकारका आगलागीका घटनाले बैशाख र जेठमा झनै जोखिम बढाउने संकेत गरेको छ । तसर्थ अहिलेदेखि नै आगलागीका घटना नियन्त्रण तथा सचेतनामा आम जनसमुदायको ध्यानाकर्षण जरुरी छ । सवैभन्दा पहिलो प्राथमिकता आगलागी हुनै नदिने हो र कथंकदाचित भैहालेपनि छिटोभन्दा छिटो नियन्त्रण गर्ने र मानवीय क्षति हुन नदिनेतर्फ ध्यान दिनु जरुरी छ । त्यसका लागि संघीय सरकार भन्दा पनि स्थानीय पालिकाहरूले आगलागीका घटना नियन्त्रणमा प्रभावकारी संयन्त्रको निर्माणमा जोड दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?