© 2026
अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुर झिर्रामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। सोमबार घर लिप्ने माटो लिन गएका महिलाहरुमध्ये दुई जना माटोको ढिस्कोमा पुरिएका हुन्।
घटनामा शितगंगा-२ झिर्रा निवासी ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसँगै पुरिएकी ३८ वर्षीया राधा अधिकारीको अवस्था गम्भीर छ। उनलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।