ट्रेंडिंग:

>> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरवैयक्तिक सञ्चार सीप कार्यक्रम

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

बुटवल ।

सेवाग्राहीसँग सहज सञ्चार तथा द्वन्द व्यवस्थापन बारे लुम्बिनी प्रादेशिक अस्पतालमा दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ । सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवाग्राहीको आत्मसम्मानमा कुनै पनि ठेस नपुग्नेगरी काम गर्न निर्देशन दिए ।

अस्पतालमा कुनै एक जना सदस्यले गर्ने गलत व्यवहारका कारण सिङ्गो अस्पतालप्रति सेवाग्राहीको नकारात्मक धारण सिर्जना हुने बताउँदै मेसु थापाले नम्र बोली र सम्मानसहित व्यवहार गर्न आग्रह गरे । अस्पतालले सेवाग्राहीसँगको अन्तरसम्बन्धलाई बलियो बनाउनुका साथै कुनै पनि समय उत्पन्न हुन सक्ने द्वन्द व्यवस्थापनका लागि अन्तरवैयक्तिक सञ्चार विभाग स्थापना गरी अस्पतालमा कार्यरतहरुलाई सहजीकरण गर्दै आएको छ ।

अस्पतालमा विहिबार हेल्प डेस्का कार्यरत ५ तथा काउन्टर शाखाका कार्यरत ९ गरी १४ जनालाई सहजीकरण गरिएको थियो । यसैगरी शुक्रबार पनि बहिरङ्ग तथा आकस्मिक कक्षको ल्याव शाखाका कार्यरत १६ जना र सामाजिक सेवा ईकाईमा कार्यरत ५ गरी २१ जनालाई द्वन्द व्यवस्थापन बारे तालिम प्रदान गरिएको थियो । कार्यक्रममा कस्तो अवस्थामा द्वन्द सिर्जना हुन सक्छन् र त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे सहजीकरण गरिएको अन्तरवैयक्तिक सञ्चार विभागकी प्रमुख माधुरी ज्ञवालीले जानकारी दिइन् ।

सीमित श्रोत र साधनका बीच सेवा दिनुपर्दा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले झेल्नु पर्ने दबाबका बीच सेवाग्राहीको अपेक्षासँग कसरी सन्तुलन मिलाउने भन्ने विषयमा छलफल गरिएको ज्ञवालीले बताइन् । सहभागीहरुले सेवा प्रदान गर्ने समयमा भोग्नु परेका समस्या तथा आफूले अनुभव गरेका सकारात्मक घटनाहरु बारेका चर्चासहित छलफल गरेका थिए । द्वन्द व्यवस्थापन सम्बन्धि कार्यक्रमले अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग गरिरहेको विभाग प्रमुख ज्ञवालीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?