ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

पहिलेको कान्जी हाउस अहिलेको कलेज

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

बुटवल, ५ चैत ।

बुटवल उपमहानगरपालिकामा छाडा चौपायाको समस्या पुरानै हो । यहाँको छाडाचौपाया पक्रेर राख्न अस्थायी रुपमा हाटबजारस्थित कान्जी हाउस प्रयोग हुन्थ्यो । यही कान्जी हाउसमा अहिले सिद्धार्थ गौतम बुद्ध क्याम्पस संचालन भएको छ ।

सरकारी १० कट्टा क्षेत्रफलमा भोगाधिकार पाएर पूर्वाधार निर्माण भई संचालनमा रहेको कलेजले शैक्षिक उत्कृष्टता हासिल कलेजको दाबी गरेको छ । बुटवलको शैक्षिक इतिहासमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी स्थापना भएको यो कलेज ३२ वर्षमा पुगेको छ । तत्कालीन समयमा ४२ जना संस्थापक प्राध्यापक र सदस्यहरुबाट २०४८ असोज २१ गते स्थापना भएको हो ।

संस्थापक अध्यक्षका रुपमा बालकृष्ण खाँड २०५५ सालसम्म रहेका थिए । त्यसपछि क्रमशः सुर्यप्रसाद प्रधान, २०७२ हिराप्रसाद श्रेष्ठ, २०७७ देखि निर्मल प्रसाद लाकौल अध्यक्ष रहेका छन् । कलेज ब्यवस्थापन समितिका अध्यक्ष निर्मल लाकौलले बुटवलमा शैक्षिक रुपमा गुणस्तरीय कलेज नभएको समयमा सिद्धार्थ क्याम्पस स्थापना भएको दाबी गरे । धेरै दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको उनले बताए ।

अहिलेका नाम चलेका धेरै कलेज र विद्यालय नभएको बेला यहाँबाट राम्रो शिक्षा प्रदान गर्न सफल भएको उनले बताए । यसैबिच कलेजको स्थापना दिवसमा १० वटा अक्षयकोष घोषणाको तयारीमा रहेको उनले बताए । ‘यो छात्रवृत्ति अक्षयकोष १ करोड रुपैयाँ बराबर पुर्याउने लक्ष्य रहेको छ’—उनले भने । अक्षयकोषको रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्यापन गराईने उनले बताए । चुनौतीका रुपमा विद्यार्थीहरुको न्युन उपस्थितिलाई चिर्ने गरी अघि बढेको उनले बताए ।

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३२ औ वार्षिकोत्सवको तयारीमा रहेको क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्माले बताए । विभिन्न उपसमिति गठन गरी वार्षिकोत्सव तयारी बैठक गरिएको उनले बताए । वार्षिकोत्सवको अवसरमा कलेज परिसरमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन गरिने उनले बताए । सभाहल र सेमिनार हल समेत निर्माण गरिएको भन्दै हललाई कलेजका पुर्वअध्यक्ष तथा समाजसेवी स्वर्गीय सुर्यप्रसाद प्रधानको नामबाट नामाकरण गरिएको बताए । पहिलो क्याम्पस प्रमुख जगत बहादुर पराजुली, १२ औ क्याम्पस प्रमुखका रुपमा आफु जिम्मेवारीमा आएको उनले बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै गुणस्तर र ब्यावहारिक ज्ञानलाई जोड दिइएको छ । क्युएए प्राप्त गरेको क्याम्पसले निरन्तर विद्यार्थी, अभिभावक र प्राध्यापक बिचको समन्वयलाई विशेष जोड दिएको छ । प्राध्यापकहरुको शैक्षिक उनयनमा जोड दिदै आएको उनले बताए ।

फागुन ३० देखि चैत ४ गतेसम्म खेलकुद र साहित्यिक कार्यक्रमहरु गरिएको उनले बताए । यसैगरी सोमबार कलेज परिसरमा बृहत् रक्तदान कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, प्रेस युनियनका सभापति कबिन्द्र नेपाल, प्रेस चौतारी नेपालका कोषाध्यक्ष दिनेश श्रेष्ठले शुभकामना दिएका थिए ।

शिक्षा, कला, ब्यवस्थापन विषय अध्यापन गराईने क्याम्पसमा ब्याचलर, मास्टरमा १२८०, प्लस टुमा ४३५ विद्यार्थी अध्ययरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?