ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

चार वर्षमा पनि बनेन पुल

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

गुल्मी, ५ चैत । तोकिएको समयमा काम सम्पन्न नहुँदा गुल्मीका चारवटा पक्की पुलहरूको निर्माण कार्य कछुवा गतिमा अघि बढेको छ । सम्झौता बमोजिम तोकीएको मितिमा पुल निर्माणको काम सम्पन्न नगरि निर्माण व्यवसायीहरूले म्याद थप गर्दै जाँदा पुलको निर्माणको काम भने सुस्त गतिमा अघि बढेको हो । जिल्लाको क्षेत्र नं २ अन्र्तगत हुलाके, धनार्जी, घमिर र फुलबारीमा गरि चारवटा पक्की पुलहरू निर्माणाधिन अबस्थामा छन । जिल्लाको तम्घास–सिमलटारी सडक खण्ड अन्र्तगतका उक्त पक्की पुल समयमै निर्माण कार्य नहुँदा नागरिकले वषौंदेखि सास्ती खेप्दै आईरहेका छन् ।

सडक कालोपत्रे भएको चार वर्ष बितिसक्दा पनि खोलामा पक्की पुल नबनेका कारण यात्रुले वर्षौदेखि सास्ती खेप्दै आउन बाध्य छन । तम्घास‐सिमलटारी सडक खण्ड अन्र्तगत हुलाके, धनार्जी, फूलबारी र घमिरका खोलामा पुल नहुँदा वर्षादको समयमा सवारी साधान र पैदल यात्रुले समस्या भोग्दै आएका छन । तम्घास सिमलटारी सडक खण्डका चार स्थानका पुल नबन्दा वर्षातको समयमा सामान्य पानी पर्दा सर्वसाधारण र सवारी चालक समेत बाटोमै रोकिनुपर्ने बाध्यता छ । यी खोलामा आउने बाढीले कैयौं पटक सवारी साधनहरू समेत बगाउने गरेको छ ।
संघीय सरकारको सहयोगमा धनार्जीमा ७ करोड ४८ हजार र हुलाके खोलामा ५ करोड ७९ लाख ५३ हजारको लागतमा पुलको निर्माण शुरु गरिएको हो । त्यसैगरी घमिर खोलामा पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजार र फुलवारी खोलामा ३ करोड ३२ लाख ६८ हजार लागतमा पुलको निर्माण कार्य भैरहेको छ ।

जिल्लाको क्षेत्र नम्बर–२ अन्तर्गत मदन भण्डारी राजमार्ग अन्र्तगत तम्घास–सिमलटारी, पुर्कोटहुँदै प्यूठानसम्म जोडने उक्त सडकमा १९ करोड भन्दा बढी लागतमा चार वटा पुलहरू निर्माणाधिन अबस्था छन । पुल निर्माणको लागि घमिर र फुलबारीमा पन्त निर्माण सेवा र हुलाके र धनार्जी खोलामा सुनिल समीर निर्माण सेवा प्रालीले निर्माणको जिम्मा लिएका छन । बर्षादको समय नजिकिंदै गर्दा पुलको निर्माण कार्यमा ढिलाइ भएको भन्दै गुल्मी क्षेत्र नं २ मा सांसद गोकर्ण बिष्टको नेतृत्वमा निर्माणधिन पुलको निरिक्षण तथा अनुगमन गरिएको छ । निर्माण व्यवसायीले निर्माणको जिम्मा लिएर पनि समयमै काम सम्पन्न नगरेको भन्दै सांसद बिष्ट सहित कार्यालय र सरोकारवाला टोलीले स्थलगत रूपमा निरीक्षण गरेको हो । निरिक्षणको क्रममा कुनै ठाउँमा ६५ प्रतिसत काम सम्पन्न भएको छ भने कुनै ठाउँमा ३० प्रतिशत मात्र कामको प्रगति देखिएको संसद बिष्टले जानकारी लिएका थिए । निरिक्षण तथा अनुगमनको क्रममा हुलाके खोला र धनार्जी खोलामा निर्माण हुन लागेको पुलको काम सुस्त गतिमा भइरहेको पाइएको छ । त्यस्तै फुलबारी र घमिर खोलामा भने निर्माणको काम अन्तिम चरणमा पुग्न लागेको बताईएको छ ।

सांसद गोकर्ण बिष्ट सहित जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर युवराज पोखरेल सहित सुरक्षा निकाय, सञ्चारकर्मीहरू सहितको टोलीले चारवटै पुलको अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमनको क्रममा आउदो बैशाख महिना भित्रै काम सम्पन्न गर्ने तयारी भइरहेको निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन ।मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर युवराज पोखरेलले रकमको अभावमा काम अलपत्र नपर्ने भन्दै आउँदो असारसम्म चारवटै पुलको निर्माण सम्पन्न गर्ने गरि द्रुत गतिमा काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन ।अनुगमनको क्रममा सांसद बिष्टले निर्माणको क्रममा बजेटको अभावदेखि कुनै प्रकारका समस्या आएमा आफुले त्यसको समाधान गर्न पहल गर्ने भन्दै निर्माण व्यवसायीहरू पनि कुनै बाहाना बनाएर कामवाट उम्कन नपाईने बताए । निर्माण व्यवसायी बाबुराम थापाले कार्यालयले समयमै काम गरेको भुक्तानी दिनेहो भने आफुहरूले समयमै काम सम्पन्न गर्ने बताउछन । सम्झौता अनुसार निर्माण व्यवसायीले चार वटै पुल १८ देखि २० महिनाभित्र सम्पन्न गर्नु पर्ने थियो तर थपिएको म्यादमा पनि काम सम्पन्न हुने अवस्था नदेखिएपछि यतिबेला आयोजना कार्यालय र निर्माण व्यवसायीलाई समेत कामको दवाब पर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?