ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पोखरा पर्यटकीय राजधानी भयो, रुपन्देही आर्थिक राजधानी कहिले ?

लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गर्दा रूपन्देहीलाई आर्थिक राजधानी बनाउने भन्दै नेताहरूले गरेको आस्वासनपूर्ण भाषण जिल्लाबासीले सम्झेका छन् । यद्यपि यो क्षेत्रका जनप्रतिनिधि, निर्वाचित सांसद तथा सरोकारवालाले भने अहिले यो विषय चटक्कै बिर्सिएका छन् ।
५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

बुटवल, ५ चैत । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै रूपन्देही बासीहरूले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गर्दा रूपन्देहीलाई आर्थिक राजधानी बनाउने भन्दै नेताहरूले भाषण गरेको पुनः एक पटक सम्झीएका छन् । नेताहरूले भाषण गरेको विषयमा पुनः एकपटक सबैले सम्झेर आलोचना समेत गरेका छन् । यद्यपी यो क्षेत्रका जनप्रतिनिधि, निर्वाचित सांसद तथा अन्य निकायले भने आर्थिक राजधानी बनाउने घोषणा गर्ने विषयमा कुनै पनि चासो देखाउन सकेका छैनन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई आईतबार नेपालको पर्यटकीय राजधानी घोषणा गरेका थिए । फेवाताल छेउको बाराहीघाटमा आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए । घोषणासभामा बोल्दै प्रधानमन्त्रीले पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयले मुलुकलाई सकारात्मक दिशामा लैजाने दावी गरे । पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाए ।

साथै पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरकोरूपमा विकास गर्न आगामी दिनमा उच्च प्राथमिकतामा राख्ने उनले स्पष्ट पारे । प्रधानमन्त्रीले पोखराको विकास निर्माणमा विद्यमान सम्भावित समस्या समाधानका लागि यथोचित पहल र समन्वय गर्ने स्पष्ट पारे ।पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले सहजीकरण र पहल गर्ने उनले बताए । ‘आगामी महिनामा आयोजना हुने लगानी सम्मेलनका लागिसमेत पर्यटकीय राजधानी घोषणाले महवपूर्ण टेवा पुर्याउँछ’, प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्न सम्वद्ध पक्षसँग सरकारले पहल र समन्वय गर्ने प्रतिवद्धता जनाए । नियमित अन्तर्राष्ट्रिय उडान र खर्चका सम्बन्धमा नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प आफूले लिएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयत्न गर्ने बताएका थिए । गण्डकी प्रदेशको विकासमा दूरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग र पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक आयोजना समयमै सम्पन्न गर्न आवश्यक समन्वय र अनुगमन थप प्रभावकारी बनाइने उनले स्पष्ट पारे । उनले फेवातालको संरक्षणमा सर्वोच्च अदालतको फैसला र जनताको भावनालाई ध्यानमा राखेर निष्कर्षमा पुर्याउन पहल हुने बताए ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको पोेखराको आर्थिक र सांस्कृतिक विकासका लागि कोरला त्रिवेणी नाकालाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन सबै नेपाली जनताले भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणाले प्रदेशवासीको सपना साकार भएको बताए । उनले पोखराका केही व्यवसाय रातको १ बजे र दोहोरी साँझ र लाउन्ज, डिस्को चौबिसै घण्टा खुला गरिने बताए ।पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पोखरा साँच्चै संसारकै अलौकिक सहर भएको बताए । पर्यटनको राजधानी धेरै पहिला घोषणा हुनुपर्नेमा ढिलै भएपनि सार्थकता पाएको उनले बताए ।
पोखराका मेयर धनराज आचार्यले पर्यटनको राजधानी घोषणा भएसँगै अब महानगरले पर्यटन पूर्वाधारमा लगानी बढाएर लैजाने प्रतिबद्धता जनाए ।उक्त अवसरमा साहित्यकार मुकुन्दशरण उपाध्याय, डा. हर्क गुरुङ र गीतकार प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?