Butwal Today

शाईन रेसुंगा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई पितृशोक

४ चैत्र २०८०, आइतबार
अ+
अ-

बुटवल, ४ चैत ।

शाईन रेसुङ्गा डेभलपमेन्ट र्बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई पितृ शोक परेको छ ।

पौडेलका बुवा ७० बर्षीय गोविन्द पौडेलको शनिबार साँझ निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

केहीबर्ष यता स्वास्थ्य समस्या देखिएपछि उपचार गराउँदै आएका पौडेलको तिलोत्तमा नगरपालिका वडा नं ५ प्रभातपथ स्थित निवासमै निधन भएको हो ।

पन्चायत कालमै राजनीतिक रुपमा सक्रिय गोबिन्द पौडेल कपिलबस्तुमा जनपक्षीय प्रधानपन्चको उम्मेदवार भएका थिए भने हाल उनी नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य थिए ।

तिलोत्तमा नगरपालिकाका विभिन्न संघ संस्थामा सक्रिय पौडेल आनन्दवन खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २ कार्यकाल सदस्य रही सकेका थिए । पछिल्लो समय शान्ति माध्यमिक विद्यालयका सल्लाहकार थिए । स्वर्गीय पौडेलका एक छोरा प्रकाश पौडेल, श्रीमती र २ छोरी छन् ।